असार १४, सल्यान । सल्यानमा १० जना किसान पुरस्कृत भएका छन् । जिल्लाको कपुरकोट गाउँपालिकाले कृषि पेशा अंगालेर उदाहरणिय बनेका किसानलाइ शुक्रबार पुरस्कृत गरेको हो ।
पुरस्कृत हुनेमा नमुना फलफुल खेती गरेर उदाहरणीय बनेका कपुरकोट ५ रीमका पूर्भान पुन, वडा नम्बर ४ का किसान युवराज रावत रहेका छन् ।
पुनले अनार, स्याउ तथा कागती खेती गरेका छन् भने रावतले वार्षिक ५० क्वीन्टल बढि सुन्तला विक्रि गर्ने गरेका छन् । सुन्तला विक्रिबाट मात्रै वर्षमा ४ लाख ५० हजार बढि आम्दानी हुने गरेको उनले जनाए ।
यस्तै मौरी पालन तर्फ कपुरकोट २ का भिम बहादुर घर्ती पुरस्कृत भएका छन् । ४० घार मौरी पालन गरेका उनले घारको संख्या बढाउने तयारिमा रहेको जनाए ।
यस्तै तरकारि खेती तर्फ १४ रोपनी जमिनमा तरकारी खेती गरेका कपुरकोट ५ का अमर राना, कपुरकोट १ का तुल बहादुर पुन, बम बहादुर कवर, कपुरकोट ३ का भिम बहादुर बुढा, वडा न ४ का बालाराम बाँठा, वडा न ६ का नविन के सी रहेको कृषि सेवा शाखा कपुरकोटका प्रमुख टिका राईले जानकारी दिइन् । खाद्यान्न वाली तर्फ विउ उत्पादनमा उत्कृष्ट बनेका कपुरकोट २ का टोप बहादुर घर्ती पनि पुरस्कृत भएका छन् ।
किसानहरुलाइ कपुरकोट गाउँपालिकाका प्रमुख भिम बहादुर सेन, उपाध्यक्ष तिला बुढा मगरले नगद पाँच पाँच हजार र सम्मान पत्र प्रदान गरेका थिए । पुरस्कृत भएपछि झन आफुहरुलाइ कृषिमा केहि गर्ने हौसला मिलेको किसानहरुले बताएका छन् । कृषि विकास शाखा तथा कृषक मुल समितीले गरेको मुल्याांकनको आधारमा उनीहरु छनौट भएका हुन् ।
पुरस्कार वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष सेनले किसानहरुले नै गाउँपालिकाको मुहार फेर्न सक्ने जनाउदै गाउँपालिका किसानहरुको प्रोत्साहनको लागी योजना बनाएर अघि बढिरहेको बताए ।
कार्यक्रममा उपाध्यक्ष बुढा मगर संगै आर्थिक विकास मितीती संयोजक यम कुमार बस्नेत, वडा न २ का वडाध्यक्ष मान बहादुर राना, तरकारी ब्लकका संयोजक मित्र कठायत, कृषि उपज बजार संचालक समिती कपुरकोटका अध्यक्ष टंक नेपाली, कृषक मुल समितीका अध्यक्ष इश्वर बुढा लगाएतले बोल्दै किसानहरु आधुनिक प्रविधिलाइ अंगाल्दै ब्यवशायीक बन्नु पर्नेमा जोड दिएका थिए ।
प्रतिक्रिया दिनुहोस