कालिकाेटको पचालझरना गाँउपालिकामा नसर्ने राेगबारे अभिमुखिकरण कार्यक्रम सम्पन्न


असार १४, कालिकाेट । कालिकाेटको एक गाँउपालिकाले पालिका भित्र रहेका सराेकारवाला निकायहरुलाई नसर्ने राेग सम्वन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेकाे छ । अभिमुखिकरणमा पालिकामा विभिन्न क्षेत्रकाे सहभागितामुलक सहभागिता रहेकाे थियाे ।

कालिकाेटकाे पचालझरना गाँउपालिकाल अाधाभुत स्वास्थ्य तथा सरसफाइ शाखाकाे अायाेजनामा गाउँ कार्यपालिका सदस्यहरु, बिद्यालय शिक्षक, पालिकामा कार्यरत स्वास्थ्यकर्मि, महिला स्वास्थ्य स्वयंसेविका,पालिका भित्र कार्यरत गैसस का प्रतिनिधि लगाएतक ५५ जनाकाे सहभागितामा सहजिकरण गरिएकाे थियाे ।

अभिमुखिकरण कार्यक्रममा नसर्ने राेग, कडा राेग, नसर्ने राेग बाट बच्ने तरिका, कडा राेग सम्वन्धि नेपाल सरकारले उपलब्ध गराउने सेवा सुविधा, सेवा लिने प्रक्रिया, सेवा लिने प्रक्रिया अादिकाे बारेमा सहजिकरण गरिएकाे थियाे ।

नसर्ने राेगकाे बारेमा सेवाग्राहि सिफारिसका लागि अाउने गरेकाे र यस बारेमा प्रयाप्त ज्ञान नहुदा सिफारिस गर्दा नि अप्ठेराे हुने गरेकाेमा अब काम गर्न र सेवा लिन सहज हुने ५ नं वडा अध्यक्ष बृर्षलाल अाचार्य ले बताए ।

दुर्गम गाउँ कालिकाेट स्वास्थ्य सेवालाइ ब्यवस्थित र सुविधायूक्त बनाउनेमा लागि परेकाे र स्वास्थ्य संस्थाले नसर्ने राेग सम्वन्धि न्यूनतम सुविधा दिन स्वास्थ्य संस्थालाइ ब्यवस्थित गर्न अावश्यक बजेट ब्यवस्थापन गरिने छ।

यसै बर्ष पालिकाकाे नीति तथा कार्यक्रममा ६० बर्ष माथिका बृद्ध लाई प्रत्यक महिना घरमा नै पुगेर स्वास्थ्य चेकजाँच गर्ने ब्यवस्था गरिएकाे बताए ।

महिला स्वास्थ्य स्वयम सेबिकालाइ मासिक १००० दिने र स्वयम् सेवा लाई ब्यवस्थित गरिने अभिमुखिकरणकाे समापनमा बाेल्दै गाउपालिका अध्यक्ष खड्ग राज सेजुवाजले बताए ।

अभिमुखिकरणकाे सजिकरण नेपाल रेडक्रस साेसाइटी कालिकाेटका कार्यक्रम अधिकृत टेकम वलि र स्वास्थ्य संयाेजक चन्द्रेश्वर शाहले गरेका थिए ।

१४ असार २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको