असार १४, रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिकाले एकल महिला, दलित, अशक्त, अपांग, गरिबका घरधुरीलाई पुर्ण अनुदानमा सोलार बितरण गरेको छ । नवीकरणिय बैकल्पिक उर्जाको विशेष प्याकेज कार्यक्रम अन्तर्गत अनुदान सोलार वितरण गरिएको हो ।
गाउँपालिकाले वडा नम्बर १ -सेरम, वडा नम्बर २ -भित्री गाम, वडा नम्बर ३ -बाहिरी गाम र वडा नम्बर ४-स्युरिका २८ घरधुरीलाई यहि सुक्रबार (असार १३) घरेलु सौर्य विद्युत बितरण गरेको छ । साथै सौर्य विद्युत जडान समेत निशुल्क रूपमा प्रदान गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको प्राङ्गणमा घरेलु सौर्य विद्युत वितरण कार्य भएको थियो । कार्यक्रममा गाउँपालीका अध्यक्ष आस बहादुर पुन र गाउँपालीका प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुनले सौर्य बिधुत बितरण गरेका थिए ।
यस्ता कार्यक्रमहरु अगामी दिनमा पनि हुने गाउपालिका प्रमुख आस बहादुर पुनले बताए, साथै राष्ट्रिय ग्रामीण तथा नविकरणिय उर्जा कार्यक्रम अन्तर्गत लक्षित वर्गलाई बैकल्पिक सुधारिएको चुलो पुर्ण अनुदानमा बितरण गर्ने तयारि समेत गरेको पुनले बताए ! सुर्यदिप उर्जा पाली कम्पनीको प्राबिधिक प्रतिनिधि सहयोगमा प्रतिनिधि चोम बिष्ट तथा स्थानीय तहमा रहेको रोल्पा सोलार एण्ड इलेक्ट्रोनिक्स सेन्टरका संचालक बिष्टको प्रतिनिधित्वमा जडान हुने भएकोछ।
प्रतिक्रिया दिनुहोस