नेपाल एयरलाइन्सका पाइलट विजय लामा निलम्बित


बैशाख १६, काठमाडौं । नेपाल एयरलाइन्सका पाइलट तथा प्रवक्ता बिजय लामाको लाइसेन्स सस्पेन्ड गरिदिएको छ ।

नेपाल एयरलाइन्सको दुबई उडान क्यान्सिल भएपछि लामाले दिएको अभिव्यक्ती आपत्तिजनक भएको भन्दै प्राधिकरणले लामालाई स्पष्टिकरण सोधेको थियो।

लामाको स्पष्टिकरण चित्त बुभ्दो नभएको भन्दै क्यानले उनको लाइसेन्स तत्कालका लागि सस्पेन्स गर्ने निर्णय गरेको हो । प्राधिकरणको सेफ्टी हेर्ने विभागले लामाले विभिन्न मिडियामा दिएको अभिव्यक्तीबाट गम्भिर सुरक्षा चासो उत्पन्न भएको भन्दै लामालाइ जहाज उडान किन दिने भन्ने प्रश्न गर्दै प्र्ष्टिकरण साेधेको थियो।

यद्यपी लामाले भने प्रवक्ताको रुपमा मिडियामा नियमक र एटिसीका बारेमा कमेन्ट गरेकाे बताउँदै आएका छन् । प्राधिकरणले लामालाइ प्रवक्ताबाट नहटेसम्मका लागि जहाज उडान राेक लगाउने निर्णय गरिएको महानिर्देशक संजिव गौतमले जानकारी दिए ।

यस विषयमा आफूले अनौपचारिकरुपमा खबर सुनेको तर आधिकारीक नपाएको लामाले जानकारी दिए । औपचारिक जानकारी आएपछिमात्र प्रतिक्रिया दिने उनले बताए ।

२०७६ बैशाख १६,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको