विप्लवलाई प्रतिबन्ध गर्नु सरकारको गल्ती: मोहन वैद्य


चैत १५, बुटवल । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ सँग वार्ताको माध्यमबाट समाधान खोज्न आग्रह गरेका छन् ।

ब्रिटिस गोर्खा भूपू सैनिक संगठनको वैचारिक सांस्कृतिक कार्यक्रमको आज बुटवलमा उद्घाटन गर्दै अध्यक्ष वैद्यले विप्लवलाई प्रतिबन्ध लगाउनुभन्दा वार्ताबाटै समस्याको समाधान खोजिनुपर्ने बताए ।

विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएर सरकारले गल्ती गरेको उनले बताए । सरकारले यसलाई राजनीति रुपमा समाधान गर्नु साटो किन यस्तो प्रतिबन्ध लगाएको धेरैले बुझ्न नसकेको बताए ।

उनले विप्लवको समस्या राजनीति रहेको स्पष्ट पारे । उनले भने, ‘विप्लवको समस्या राजनीति हो, वार्ताबाटै समस्याको समाधान खोजिनुपर्छ, राज्यले प्रतिबन्ध लगाउनुहुँदैन ।’

अध्यक्ष वैद्यले सरकारका गतिविधि पनि राम्रो नभएको बताए । सरकारले जनताका समस्यातर्फ ध्यान दिन जरुरी रहेको बताए ।

वर्तमान कम्युनिष्ट सरकार बहुमतको भएको बताउँदै उनले सरकारले भनिरहेको ‘सुखी नेपाली र समृद्व नेपाली’ भनिरहँदा सरकार त्यो बाटोमा नहिँडेको आरोप लगाए ।

उनले सिके राउत, रेशम चौधरी र नेकपा विप्लवसँग सम्बन्धित कुरामा सरकार चिप्लेको बताए । उनले नेपालमा संविधान बनाइयो तर सर्वसम्मत नभएको तर्क गरे ।

१५ चैत्र २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको