सरकारले ‘रातो घर’ भत्काएपछि नेकपाले दियो कडा चेतावनी (विज्ञप्तिसहित)


चैत १५, बुटवल । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले रुपन्देहीस्थित आफ्नो पार्टी कार्यालय ‘रातो घर’ भत्काइएकोमा आपत्ति प्रकट गरेको छ।

पार्टी जिल्ला इन्चार्ज शरद ओली र जिल्ला सेक्रेटेरी अमर आरसीद्वारा शुक्रबार प्रकासित विज्ञप्तिमा कार्यालय भत्काएर सरकारले पार्टीलाई जबर्जस्त उद्देलित बनाएको र आफ्नै खुट्टामा बन्चरो हानेको भन्दै यसले गम्भीर परिणाम निकाल्ने चेतावनी दिएका छन्।

विज्ञप्तिमा सो स्थानमा कुनै नयाँ संरचना नबनाउन चेतावनी दिइएको छ। नेकपाले ‘रातो घर’ भएको स्थानमा कुनै नयाँ संरचना बनाए भौतिक रुपमै प्रतिरोध गर्ने समेत चेतावनी दिएको छ।

बिज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टीको झन्डा, ब्यानर, साईन बोर्ड सहित नाराहरु मेटाएर पार्टीका फर्निचर तथा कार्यालय प्रयोजनार्थ राखिएका सामग्रीहरुसमेत कब्जा गरि अपमानित ढङ्गले बिनासुचना पार्टी कार्यालयमा डोजर लगाई गरिएको तोडफोडले हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। यसखाले हस्तक्षेपले हामिलाई थप गम्भीर बनाएको छ, सरकारको यो कदमले हाम्रो पार्टीलाई जबर्जस्त उद्देलित गराउन खोजेको देखिन्छ।’

बुटवलमा सो पार्टीले पार्टी कार्यालयको रुपमा प्रयोग गर्दै आएको राष्ट्रिय वाणिज्य बैंकको घर प्रहरीले डोजर लगाएको भत्काएको हो।

१५ चैत्र २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको