चैत १५, काठमाडौं । सरकारले प्रदेश २ को एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।
प्रदेश २ का सामाजिक विकास मन्त्रीको अनुरोधलाई ध्यानमा राखेर प्रदेश २ मा चैत २१ चैतसम्मका सबै परीक्षा रद्द गरिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताए ।
प्रदेश २ मा विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि शिक्षा मन्त्रालयले २१ गतेसम्मका सबै परीक्षा स्थगित गर्न भनेको हो । अर्को परीक्षा तालिका चैत महिनाभित्रै सार्वजनिक गर्ने मन्त्री पोखरेलले जानकारी गराएका छन् ।
भइसकेको परीक्षा भने रद्द नहुने मन्त्री पोखरेलले बताए । २२ गते तोकिएको विज्ञान विषयको परीक्षा पनि सञ्चालन हुनेछ ।
प्रदेश २ मा २६२ परीक्षा केन्द्र छन् भने ७० हजार ५६८ परीक्षार्थी छन् । अरु सबै प्रदेशको परिक्षा भने नरोकिने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस