सरिता लामिछानेविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी


चैत १५, काठमाडौं । आगामी चैत २३ गते हुने नेपाल चलचित्र कलाकार संघको महाधिवेशनमा अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेकी कलाकार सरिता लामिछानेविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमााडौंमा उजुरी परेको छ ।

कलाकार संघका साधारण सदस्य सुरज आरडीले उनी विरुद्ध उजुरी दिएका हुन् । कलाकार संघको सदस्यता सम्बन्धी नियम मिचेको आरोप लगाउँदै उनले लामिछानेविरुद्ध उजुरी दिएका हुन् ।

आरडीले कलाकार लामिछानेमाथि २ फिल्ममात्र अभिनय गरेर सदस्यता प्राप्त गरेको आरोप लगाएका छन् । कलाकार विधानमा भने ५ वटा फिल्म अभियन गर्नुपर्ने प्रावधान राखिको छ ।

थोरै फिल्म खेलेर पनि कलाकार संघमा बढी चलखेल गर्नेले गर्दा धेरै फिल्म खेलेका कलाकारहरु पछि परेको अरोप आरडीले लगाए ।

उजुरीका विषयमा आफुलाई पनि जानकारी भएको कलाकार लामिछाने बताइन् । ‘उजुरी परेको रहेछ, आइतबार छलफलका लागि बोलाइएको छ,’ उनले भनिन्, ‘मैले सदस्यता कहिले लिएको हो, सो समयमा राखिएको प्रावधान र अध्यक्ष को थिए, सबै विषय छलफल र छानविन पछि प्रष्ट हुन्छ ।’

१५ चैत्र २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको