चैत, काठमाडौँ । चर्चित सल्यानी लोक गायक भरत परियारले लाखौ प्रदेशीको पिडालाई समेटिएको मार्मिक गीत सार्वजनिक गरेका छन् ।
गायक भरत परियार र पुर्णिमा परियार ।
आफु प्रदेशमा गएको र घरमा आउन नसकेको कथाबेथालाई समेटेर ‘साईला’ बोलको गीत सार्वजनिक गरेका छन् । सल्यान दमाचौर घर भएका भरत परियारले यसअघि पनि थुप्रै लोकगीत बजारमा ल्याईसकेका छन् ।
गीतमा बुढी आमा रोगी भएर घरमा छोरालाई पर्खिरहेको र छोरो बिदेशमा गएर दुख झेलिरहेको अबस्थालाई समेटिएको छ । घरमा आर्थिक अबस्था कमजोर तथा गरिबी भएर घरजग्गा साहुको बन्धकीमा राखेर प्रदेशमा आएको गीतको टुक्कामा समेटिएको छ । प्रदेशमा आफ्नाे कोहि नभएको र ‘के गरौँ, कसो गरौँ’ भन्ने खालका शब्दहरु गीतमा समाबेश गरिएको छ ।
पुर्णिमा परियार
गीतमा साईला नाम गरेको साथीलाई प्रदेशमा दुख पाइने थाहा पाएको भए गाउँमै दुख गरेर खाने थिए भन्ने खालको बचन गरिएको छ । गीतमा स्वदेशबाट श्रीमतीले घरैमै आउ भनिएको कुरालाई पनि समेटिएको छ ।
गीतमा पुरुष आवाज भरत परियारले दिएका छन् भने महिला आवाज पुर्णीमा परियारले दिइएकी छन् । पुर्णिमा परियार गायक परियारकि आफ्नै छोरी हुन् ।
भरत परियार
यस गीतलाई भरत परियार आफैले शब्द र संगीत भरेका छन् । मनासलु टिभीको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको गितको म्युजिक भिडियोले पूर्ण रुप नपाएको उनले जानकारी दिए ।
अब छिट्टै मनासलु टिभीले यस गीतको म्युजिक भिडियोलाई पूर्ण रुप दिएर सार्बजनिक गर्ने प्रतिबद्धता जनाएको परियारले जानकारी दिए ।
उनले गीतलाई सम्पूर्ण दर्शक तथा श्रोताहरुले सुनेर, हेरेर प्रतिक्रिया प्रतिक्रिया दिन अनुरोध समेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस