दाङमा बस र ट्रक ठोक्किँदा २५ जना घाइते, दुईको अवस्था गम्भीर


माघ १५, दाङ । दाङमा यात्रुवाहक बस र ट्रक एक आपसमा ठोक्किँदा २५ यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तरगत दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहारमा मंगलबार बेलुकी नेपालगञ्जबाट घोराहीतर्फ जाँदै गरेको ना ५ ख २७९९ नम्बर बस र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख १२८२ नम्बरको मालबाहक ट्रक एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा बस चालक बाँके राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ निवासी २८ वर्षीय सन्तोष विक र ट्रक चालक बैतडी पाटन नगरपालिका वडा नम्बर ३ निवासी २८ वर्षीय रामसिंह पन्त गम्भीर घाइते भएको रिहार प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक मनबहादुर नेपालीले जानकारी दिए ।

घाइतेमध्ये अन्य सबै बसमा सवार यात्रु हुन् भने एकजना ट्रकका सहचालक सामान्य घाइते भएको प्रहरीले बताएको छ । घाइतेहरूको नेपालगञ्ज, कोहलपुर र लमही अस्पतालमा उपचार भइरहेको छ ।

बसको लापरबाहीका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ । बसमा ३० जना यात्रुहरु रहेकोमा अन्यको अबस्था भने सामान्य रहेको छ ।

२०७५ माघ १५,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको