सल्यान कारागारको पर्खाल नाघेर फरार भएका कैदी १८ वर्षपछि पक्राउ


माघ १५, सल्यान । सल्यान कारागारबाट फरार कैदी १८ बर्ष पछि पक्राउ परेका छन।

जिल्लाको बनगाड कुपिन्डे नगरपालिका ९ स्वाराका एकेन्द्र बहादुर खड्कालाई सल्यान प्रहरीले पक्राउ गरेको हो। खड्काले आफ्नै आमा सुइती खड्कालाई खुकुरी प्रहार गरि हत्या गरेका थिए ।

२०५६ सालमा आमाको हत्या गरेका उनलाई जिल्ला अदालत सल्यानले दोसि ठहराई सर्बस्व सहित जन्मकैदको फैसला सुनाएको थियो । एक बर्ष सात महिना २५ दिन कैदमा बसेका खड्का २०५७ फागुन २३ गते कारागार बाट फलामको ड्रम प्रयोग गरेर पर्खाल नाघी भागेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

भारतको सिम्लामा बिबाह गरि बसेको र हाल केही समय यता सल्यान घरमा लुकि छिपी आउने र जाने हल्ला सुनेपछि जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरि टोलिले खड्काको गाउँ स्वारा बाट १४ गते पक्राउ गरेको हो।

पक्राउ परेका खड्काले कैद भुक्तान गर्न बाकी रहेकाले उनलाई जिल्ला कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

२०७५ माघ १५,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको