दाङमा मोटरसाईकल दुर्घटना हुँदा दुईजना गम्भीर घाईते


माघ १५, दाङ । दाङमा मोटरसाईकल दुर्घटना हुँदा दुईजना गम्भीर घाईते भएका छन् ।

दाङको हापुरेबाट तुलसीपुरतर्फ आउँदै गरेको बा १२ प ७३१० नम्बरको मोटरसाईकल अनियन्त्रित भएर पल्टिदा दुईजना गम्भीर घाईते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

सोमबार दिउसो ५ बजेतिर दंगीशरण गाउँपालिका वडा नं. ५ दुन्द्रागाउँमा दुर्घटना हुँदा मोटरसाईकल दाङ तुलसीपुर ११ निवासी २२ बर्षीय भरत शाही र सोही ठाउँका २१ बर्षीय अमृत वली गम्भीर घाईते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रमबहादुर शाहीले बताए ।

उनका अनुसार दुबैजनालाई राप्ती प्रादेशीक अस्पताल तुलसीपरमा उपचारपछि थप उपचारका लागि नेपालगंज मेडिकल कलेज कोहलपुर लगिएको छ ।

२०७५ माघ १५,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको