निर्माण ब्यबसायी संघ दाङको अध्यक्षमा पुन, अरु को को भए ? (नामसहित)


माघ १५, दाङ । निर्माण व्यवसायी संघ दाङको अध्यक्षमा ईश्वर पुन निर्वाचित भएका छन् ।

सोमबार सार्बजनीक भएको मत परिणाम अनुसार पुनले ६१ मत ल्याएका थिए भने उनका निकटतम प्रतिद्धन्दी सुरजकुमार गुप्ताले ५७ मत ल्याएका थिए ।

त्यस्तै बरिष्ठ उपाध्यक्षमा पदमप्रसाद शर्माले ६८ मत ल्याएर विजयी भएका छन भने उनका निकटतम प्रतिद्धन्दी गोपालप्रसाद घिमिरेले ५५ मत ल्याएका थिए ।

यस्तै प्रथम उपाध्यक्षमा सुरजप्रसाद पोखरेलले ६४ मतका साथ विजयी भएका छन । भने उनका निकटतम प्रतिद्धन्दी विकास भुसालले ४५ मत ल्याएका थिए । यस्तै बरिष्ठ उपाध्यक्षमा मिनबहादुर पुनले ७५ मत ल्याएर विजयी भएका छन भने उनका निकटतम प्रतिद्धन्दी भरतनाथ योगीले ४५ मत ल्याएर हार व्यहोरेका छन ।

सघको महासचिवमा सोकबहादुर रोकाले ६० मत ल्याएर विजयी भएका छन भने उनका निकटतम प्रतिद्धन्दी दुर्गा घर्तीले ४६ मत मात्रै ल्याएका थिए । कोषाध्यक्षमा सुर्दशन श्रेष्ठले ६७ मत ल्याएका थिए भने उनका निकटतम प्रतिद्धन्दी हरिवंंश दाहालले ५४ मत ल्याएका थिए ।

सचिवमा रमेशकुमार केसीले ६४ मत ल्याएर विजयी भएका छन भने उनका निकटतम प्रतिद्धन्दी दोर्ण बहकरीले ४२ मत ल्याएका थिए । सहकोषाध्यक्षमा निरजकुमार कार्की ६८ मत सहित विजयी भएका छन भने उनका निकटतम प्रतिद्धन्दी संजिवकुमार श्रेष्ठले ५२ मत ल्याएका थिए ।

यस्तै सदस्यहरुमा ८४ मतका साथ प्रकास केसी, ८२ मतका साथ हरिमाया खत्रि, ८० मतका साथ रोहित न्यौपाने, ९५ मतका साथ लक्ष्मणबुढामगर, ६१ मतका साथ नरबहादुरी कार्की, ६१ मतका मदनकुमार आचार्य, ५७ मतका साथ बसन्त कुवर, ५७ मतका साथ भक्तबहादुर वुढा, ५४ मतका साथ रामजंग मल्ल विजयी भएका छन । सर्वसम्मत बनाउने प्रयास सफल नभएपछि निर्वाचन भएको हो ।

२०७५ माघ १५,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको