धुर्मुस सुन्तलीले ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको घोषणा गर्दै


माघ १५, काठमान्डौ । धुर्मुस सुन्तली फाउण्डेशन मार्फत भरतपुर चितवनमा निर्माण हुने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला भोलि (बुधबार) घोषणा हुने भएको छ । राष्ट्रिय सभागृह, भृकुटीमण्डपमा १:३० बजे घोषणा हुने सिताराम कटेलले बताएका छन् ।

क्रिकेट रंगशाला निर्माणको ऐतिहासीक घोषणा समारोहमा उपस्थित भईदिन सम्पुर्ण शुभचिन्तक, सहयोगी मन, सञ्चारकर्मी महानुभावहरुलाई कटेलले निमन्त्रणा समेत गरेका छन।

‘सम्बृद्धि सम्भव छ हाम्रै पाला, बनाऔं मिलि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ ‘राष्ट्र निर्माण, तपाई हाम्रो अभियान’ भन्ने मूल नारा लिएर धुर्मुस सुन्तली फाउण्डेशन मार्फत भरतपुर चितवनमा देशकै पहिलो अन्तर्राष्ट्रिय मापदण्डको बहुउद्देश्यीय, मौलिक, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण हुनेछ ।

धुर्मुस सुन्तली फाउण्डेशनले नेपालका बिभिन्न ठाउमा एकीकृत बस्ति निर्माण गरिसकेको छ भने क्रिकेट रंगशाला निर्माण गर्ने अठोट पनि लिएको छ ।

यस्तो रंगशाला बन्ने छ:

२०७५ माघ १५,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको