दाङबाट रुकुम जाँदै गरेको बस प्रयोग गरेर मृग तस्करी गरेको आरोपमा दुईजना पक्राउ


माघ १५, रुकुम । लुकाईछिपाई मृग तस्करी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

दाङबाट रुकुम पश्चिमको सिम्लीतर्फ जाँदै गरेको बसको डिक्किभित्र अवैध रुपमा मृग लुकाई छिपाई तस्करी गरेको भन्दै प्रहरीले सोमबार रुकुम पश्चिममा दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बस चालक सल्यानका तेज बहादुर के.सी. र सवारी धनी दाङका लिला डाँगी रहेका छन् ।

तस्करी भैरहेको छ भन्ने बिषेश सुचनाका आधारमा खोजीकार्य गर्दे उक्त व्यक्तीहरु फेला परेको रुकुम पश्चिमका निमित्त प्रमुख प्रहरी निरिक्षक प्रमोद क्षेत्रीले जानकारी दिएका छन् ।

२०७५ माघ १५,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको