मलेसियाले नेपाली कामदार पठाउनेबारे फेरी गर्यो यस्तो ताकेता


माघ १५, काठमाडौँ । मलेसिया सरकारले पुरानै संयन्त्रअनुसार नेपाली श्रमिक पठाउन पुन: ताकेता गरेको छ ।

यो खबर आजको कान्तिपुरमा खबर छ । गत जेठ २ गतेदेखि मलेसियामा नयाँ श्रमिक पठाउन बन्द भएकोमा द्विपक्षीय श्रम समझदारीपछि पनि सुचारु छैन ।

काठमाडौंस्थित मलेसिया दूतावासले परराष्ट्र मन्त्रालयलाई पत्र पठाउँदै गत जेठ महिनामा भिसा पाइसकेका श्रमिकलाई श्रमस्वीकृति दिन आग्रह गरेको हो । जेठमा प्रवेश भिसा पाएका झन्डै १० हजार नेपाली श्रमस्वीकृति लिन प्रतीक्षारत छन् ।

नेपालले श्रम समझदारी लागू गर्न आवश्यक प्रक्रिया र कार्यविधि सहजीकरणका लागि मलेसियालाई पत्र पठाएको थियो । मलेसियाले दोस्रो पटक एकै खालको जवाफ पठाएको हो । पहिलादेखि नै कार्यान्वयनमा ल्याएको प्रक्रियाअनुसार नै श्रमिक पठाउन मलेसिया सरकार दृढ रहेको जनाएको छ ।

दुई देशबीच श्रम समझदारी हुनुअघि नै मलेसियाले नेपाली श्रमिकको भर्ना प्रक्रियाका लागि सुरक्षा जाँच, बायोमेडिकल र भीएलएन संयन्त्र लागू गरेको थियो । समझदारीपछि बसेको नेपाल र मलेसियाका अधिकारी सम्मिलित संयुक्त कार्यदल समूहको पहिलो बैठकमा यी संयन्त्रबारे नेपाललाई जानकारी गराइएको पत्रमा उल्लेख छ ।

सुरक्षा जाँच र बायोमेडिकलमा उत्तीर्ण भएका श्रमिकलाई मलेसियाको अध्यागमन विभागबाट स्वीकृति पत्र प्रदान (कलिङ भिसा) गरिने र ती श्रमिकले वान स्टेप सेन्टरमा मलेसियाको प्रवेश भिसाका निम्ति निवेदन दिनुपर्ने पत्रमा उल्लेख छ ।

मलेसियाले श्रमिकको स्वास्थ्य जाँचको मापदण्डसमेत पठाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सूचीकृत सबै स्वास्थ्य संस्थालाई श्रमिकको स्वास्थ्य जाँच गर्ने प्रक्रियामा सहभागी गराउन स्वास्थ्य मापदण्ड मागेको जनाएको छ ।

१५ माघ २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको