पोखराको हिमागृहप्रती पटक-पटकको कुदृष्टी !


रमाकान्त बास्तोला/पुस १२, पोखरा । भ्रमण वर्षका बेला पर्यटकलाई लक्षित गर्दै हिमागृह खुला गर्ने प्रदेश सरकारको तयारीसँगै हिमागृहलाई रिसोर्ट चलाउन भाडा दिने तयारी भएको छ ।

नेपाल ट्रस्टले पोखराको हिमागृहलाई रिसोर्ट चलाउन भाडामा दिने तयारी गरेको जनाइएको छ ।

गोकर्ण रिसोर्टको लिज सम्झौताबारे विवाद भइरहेको बेला शुक्रबार पत्रकार सम्मेलन गर्दै ट्रष्टले भाडामा हिमागृह लगायतका ठाउँलाई पनि रिसोर्ट चलाउन भाडामा दिने निर्णय गरेको जानकारी दिएको हो। हिमागृह, फर्पिङ सहितका ठाउँमा रिसोर्टका लागि भाडामा दिन लागिएको प्राप्त समाचारमा जनाइएको छ।

यस अघि पनि पटक पटक पोखराको रत्न मन्दिरसँगै जोडिएको हिमागृह पोखरेली समुदायका लागि ताल, हिमाल, वनजंगल र गुफा जस्तै ऐतिहासिक र प्राकृतिक महत्व राख्ने सम्पदा भएकोले सामूहिक चासो र चिन्ताको विषय हो भन्दै छलफल, अन्तरक्रिया र गोष्ठीका क्रममा हिमागृह समेतको रत्न मन्दिर परिसरलाई सम्पदा क्षेत्र, जैविक विविधता पार्क र संग्रहालयका रुपमा संरक्षण गर्ने एक सूत्रीय अभिमत व्यक्त भएको स्मरण गराउँदै सार्वजनिक महत्व राख्ने हिमागृह रत्न मन्दिरको अभिन्न भूभाग समेत भएकोले कुनै पनि बहानाबाजीमा निजी क्षेत्रलाई भाडामा दिने कार्यलाई अविलम्ब खारेज गर्न आग्रह गरिएको थियो ।

यस्तै हिमागृह ब्यत्तीलाई दिने सरकारी पत्रको बिरोध गर्दै बिप्लव नेतृत्वको नेकपाले समेत नागरिक समाज र स्थानियको सहयोगमा बारम्वार दवाब दिदै तिब्र बिरोध गर्दै आइरहेको थियो ।

यसअघि बिरोध जनाइएका तस्बिरहरु:

१२ पुष २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको