पोखरा र लुम्बिनी रेललाई सात खर्ब, ६ वर्षमा निर्माण सकिने


पुस १२, काठमाडौँ । काठमाडौं-केरुङ रेलमार्गपछि यहाँबाट पोखरा र लुम्बिनी जोड्ने अन्य दुई रेलमार्गको पनि पूर्वसम्भाव्यता अध्ययन पूरा भएको छ ।

त्यसअनुसार काठमाडौंबाट कुरिनटार हुँदै पोखरा र कुरिनटारबाट लुम्बिनीसम्म पुर्या इने रेलमार्ग बनाउन करीब ७ खर्ब रुपैयाँ लाग्ने देखिएको छ । त्यसको निर्माण अवधि ६ वर्षको हुने अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

चीनका दुई सरकारी कम्पनीले नेपालको रेल विभागलाई गत मंसिरमा काठमाडौं-पोखरा-लुम्बिनी रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन बुझाएका थिए । अध्ययनपछिका कार्य कसरी अघि बढाउने भन्ने विषय भने हाल छलफलकै चरणमा रहेको विभागले बताएको छ ।

चीनको रेलवे इन्जिनीयरिङ डिजाइन एन्ड कन्सल्टिङ ग्रुपले काठमाडौं-पोखरा र चाइना रेलवे फस्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटले कुरनटार-भरतपुर-लुम्बिनीको अध्ययन गरेका हुन् ।

रेल विभागका महानिर्देशक बलराम मिश्रले चीन सरकारको खर्चमा पूर्वसम्भाव्यता अध्ययन भएको बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

१२ पुष २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको