पक्राउ परेकालाई लैजान चार्टर्ड विमान ल्याउँदै चीन


पुस १२, काठमाडौँ । चीनले नेपालमा पक्राउ परेका आफ्ना नागरिक स्वदेश लैजान दुई वटा विमान पठाउने भएको छ ।

नेपालमा बसेर चीनमा संगठित अपराध गरेको आरोपमा गत सोमवार पक्राउ परेका एक सय २२ जना चिनियाँलाई स्वदेशमै लगेर मुद्दा चलाउने चीनको तयारी छ । सोहीअनुसार आगामी साता दुई वटा विमान नेपाल आउने भएका हुन् ।

नेपालमा उनीहरूमाथि विस्तृत अनुसन्धान नै भएको छैन । हाल अभद्र मुद्दामा प्रमुख जिल्ला अधिकारीको आदेशमा थुनामा राख्ने अनुमति लिएर हिरासतमा राखिएको छ ।

एक-दुई दिनभित्रै उनीहरालई सामान्य धरौटीमा छाड्ने र अध्यागमनले भिसासम्बन्धी कसुरमा जरिवाना गराएर निष्कासनको तयारी थालेको छ । निष्कासनका लागि गृह मन्त्रालयले निर्णय गर्नुपर्ने हुन्छ । यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

१२ पुष २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको