पाल्पाली युवाहरूबाट सहयोग हस्तान्तरण


मङ्सिर १२, पाल्पा । वैदेशिक रोजगारीको क्रममा युएईमा रहेका केही पाल्पाली युवाहरूले आफ्नो गाउँको विपत्तिमा सहयोग गरेका छन् ।
पाल्पाको रैनादेवी छहरा गाउँपालिका ६ गुहारथानाका दुई घर आगलागी पीडितलाई युएईमा रहेका पाल्पाली युवाहरु र नेपालमा रहेका केही सहयोगी व्याक्तित्वहरुले आर्थिक तथा भौतिक सहयोग हस्तान्तरण गरेको जानकारी सहयोगी व्याक्तित्व तथा पाल्पाली समाज युएईका प्रथम उपाध्यक्ष कैलाश अर्यालले जानकारी दिएका छन् ।

अर्यालका अनुसार युएईबाट कैलाश अर्याल,नारायण कुँवर र सुमन खड्काले पीडित परिवारको राहतका लागि ११ हजार रुपैयाँ, धनबहादुर रायमाझीबाट १ हजार र नेपाल स्थित प्रतिनिधि शंकर पैाडेल र यसाेदा पैाडेलबाट १/१ हजार रुपैयाँ यस अभियानमा सहयोग प्राप्त भएको छ । साथै, डुकबहादुर अर्यालले पनि आगजनी पीडितको सहयोगका लागि १ हजार रुपैयाँ र अाकाश रायमाझीले ५० केजी चामल माधब पाैडेलबाट १ सय केजी चामल, दाल पाँच केजी, १० प्रती सर्ट वितरण गरिएको नेपालबाट माधव पाैडेल, यसाेदा पाैडेल र डुक ब अर्यालले जानकारी दिएका छन् । केही अपुग सामग्री पुन वितरण गरिने दाताहरुले बताएका छन् ।

यो अभियानमा साथ दिने सबै दाताहरु र वितरण कार्यक्रमका प्रमुख अतिथि रामबहादुर राउत लगायत सम्पुर्ण महानुभावलाई अभियन्ता कैलाश अर्यालले धन्यवाद प्रकट गरेका छन् ।

गत असोज ३० गते आगालागी हुँदा स्थानीय प्रेमबहादुर रास्कोटी र शेरबहादुर रास्कोटीको घर गोठ जलेर पूर्ण रुपमा नष्ट भएका थिए । अचनाक विद्युत सट भई गुहारथानाका प्रेमबहादुरको दुई तले फुसले छाएको घर गोठ जलेर नष्ठ भएका थिए । त्यस्तै सोही स्थानका शेरबहादुरको पनि दुई तले फुसले छाएको कच्चि घर र गोठ पूर्ण रुपमा क्षति भएका थिए ।

पाल्पाली युवाहरुले युएईबाट संकलन गरी पठाएको उक्त सहयोग रकम स्थानीय जीवनज्योति निमावीका शिक्षक शंकर पौडेलबाट स्थानीय जनप्रतिनिधिहरुको उपस्थितिमा पीडित परिवारलाई हस्तान्तरण गरिएको छ ।

पाल्पाली समाज युएईले पनि सोही आगलागी पीडितहरुको सहयोगका लागि युएईबाट ४० हजार रुपैयाँ छुट्टै सहयोग गरेको छ ।

१२ मंसिर २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको