अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुने १९ जनाकै सनाखत [नामसहित]


मङ्सिर १२, अर्घाखाँची । अर्घाखाँचीमा भएको बस दुर्घटनामा मृत्यु भएका १९ जनाको सनाखत भएको छ ।

दुर्घटनामा १७ को घटनास्थलमै र दुईको उपचारका क्रममा मृत्यु भएको हो । घाइतेमध्ये एकको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र ठाडा र अर्का एकको चौराह अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सन्धिखर्क नगरपालिका–६ नरपानीमा बुधबार बेलुकी बस दुर्घटना हुँदा गाडी धनी सितगंगा नगरपालिका–२ का सन्तबहादुर बस्नेत र चालक कपिलवस्तुका बसन्त भनिने ओमबहादुर थापासहित १९ जनाको ज्यान गएको थियाे ।

दुर्घटनामा ज्यान गुमाउनेमा अर्घाखाँची सन्धिखर्क–७ का शिवलाल भट्टराई, बलराम भट्टराई, माया पुरी र मोनिका खड्का, भूमिकास्थान–९ का शैलेश थापा, सन्धिखर्क-१० का छविलाल गैरे, गुल्मी, धुरकोट गाउँपालिका–२ का सशस्त्र प्रहरी जवान राजकुमार महत र कपिलवस्तु चपर गाउँकी सीता बस्नेतको परिचय खुलेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

परिचय खुलेका अन्य ९ जनामा वाणगंगा नगरपालिकाका ३ महिने साेभाकर पाेख्रेल, वाणगंगा-८ चपरगाउँकी २७ वर्षीय सिता बस्नेत, गुल्मीङ्काे मदाने गाउँपालिका -२ का ३२ वर्षीय चालक बसन्त भनिने ओमबहादुर, सन्धिखर्क-२ की ५९ वर्षीया सिताकुमारी सार्की, भूमिकास्थान-९ की ५० वर्षीया सिता घिमिरे, भूमिकास्थान-९ की ५० वर्षीया विष्णुमाया गैरे, भूमिकास्थान-७ का ५१ वर्षीय मेघनाथ भण्डारी जैसी, शितगंगा-१ की १५ वर्षीया मञ्जु विक, छत्रदेव -८ का ४२ वर्षीय कृष्ण बहादुर सुनार, शितगंगा-७ का ४८ वर्षीय लाेकबहादुर दर्जी, शितगंगा-७ कै ५५ वर्षीय हरिबहादुर दर्जी, शितगंगा-२ का ३८ वर्षीय सन्तबहादुर बस्नेत रहेका प्रहरीले जनाएकाे छ ।

दुर्घटनामा घाइते भएका १८ जनामध्ये ८ जनाको भैरहवा मेडिकल कलेजमा र ७ जनाको चौहारा अस्पताल बुटवलमा उपचार भैरहेको छ भने एक जनालाई काठमाण्डौ रेफर गरिएको छ । दुई जना भने उपचार पछि घर फर्किएका छन् । सन्धिखर्कबाट बुटवलका लागि छुटेको लु २ ख २१४८ नम्बरको बस दुर्घटना भएको हो ।

२०७६ मंसिर १२,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको