उपत्यकामा दुई दिन सवारीसाधनमा जोर बिजोर लागू हुने


मङ्सिर १२, काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को अवसरमा उपत्यकामा जोर विजोर प्रणालीमार्फत ट्राफिक व्यवस्थापन गरिने भएको छ ।

ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार उपत्यकामा सागको उद्घाटन र सम्पन्न हुने दिन क्रमश –मंसिर १५ र २४) दुई दिन जोर–विजोर प्रणाली लागू गरिने भएको हो ।

‘मंसिर १५ र २४ गते जोर विजोर प्रणाली लागू गरेर उपत्याकामा ट्राफिक व्यवस्थापन गर्ने निर्णय भएको छ । मंसिर १५ गते विजोर नम्बर र २४ गते जोर नम्बरका सवारी साधन चल्नेछन् ।

खासगरी यो नियम काठमााडौं उपत्यकाको रिङ रोडभित्र लागू हुनेछ’ एसएसपी ढकालले भने । तर अत्यावाश्यक सेवाका सवारी साधन भने रोकिने छैनन् ।

त्यस्तै भिभीआइपी र खेलसँग आवद्ध र सञ्चारमाध्यमका सवारी साधनलाई पनि जोरविजोर प्रणाली लागू नहुने ट्राफिक प्रहरीले जनाएको छ । खेल अवधिमा सञ्चारमाध्यमका सवारी साधनको पार्किङ स्थान छुट्टै स्थानमा तोकिने छ ।

यसैबीच साग सुरक्षा उपसमितिले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले १५ गते बिजोर र २४ गते जोर नम्वर प्लेटका सवारीसाधन मात्र चल्ने बताएका थिए ।

त्यस्तै, ट्राफिक प्रहरीले सागको अवधिमा ठूला मालवहाक सवारीसाधनलाई चक्रपथभित्र प्रवेश नगर्न आग्रह गरेको छ ।

१२ मंसिर २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको