यस्तो रह्यो प्रधानमन्त्री ओलीको बुधबारको दैनिकी


मङ्सिर १२, काठमाडौँ । प्रधानमन्त्री ओलीले बुधबार मध्याह्न कालो चिया पिए । प्रधानमन्त्री ओलीलाई भेट्न मन्त्रीहरूको लस्कर लाग्यो।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी, पर्यटनमन्त्री योगेश भट्टराईलगायत प्रधानमन्त्री ओलीका परिवार र उपचारमा संलग्न चिकित्सकसँग स्वास्थ्य अवस्था सोधपुछ गरी फर्किएका थिए।

दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवा पनि स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका थिए। उनले प्रधानमन्त्रीकी पत्नी राधिका र चिकित्सकसँग स्वास्थ्य अवस्था र उपचार सेवाबारे जानकारी लिएका थिए। देउवाले भने, ‘उहाँ सघन उपचार कक्षमा हुनुहुँदो रहेछ, भेट्न पाइनँ’, देउवाले भने।

प्रेस सल्लाहकार थापाले ओलीको स्वास्थ्य संवेदनशीलतालाई ख्याल गरेर आगन्तुक कसैलाई भेटघाट गर्न नदिइएको बताए। उनले भने, ‘चिकित्सकको सुझावअनुसार नै आगन्तुकले परिवारका सदस्य, चिकित्सक र हामीसँग भेट गरेर फर्कनुभएको हो। प्रधानमन्त्रीज्यूलाई चिकित्सकबाहेक अरूले भेट्न पाउनुभएको छैन।’

प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिलीप शर्माले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सुधार भइरहेकाले छिटै सामान्य दिनचर्यामा फर्कने अपेक्षा गरे। अन्नपूर्ण पोस्टमा खबर छ ।

१२ मंसिर २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको