वीर अस्पतालमा खाजाको नक्कली बिल बनाएर यसरि लुट्छन महिनामै लाखौं !


असोज ११, काठमाडौं । वीर अस्पतालका पदाधिकारीले दैनिक १० औं हजारको खाजा अस्पतालको नामबाट खाने गरेको पाइएको छ । वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले स्विकृत गरेका केही बिलहरु प्राप्त भएको छ । २०७६ असार ११ गतेको एक बिलमा एकै दिन ६८ हजार २ सय २९ रुपैयाँको खाजा–खाना खाएको देखिन्छ, यो खबर न्युज २४ नेपालले फेला पारेको हो ।

यसैक्रममा गत असार १६ गते ५६ हजार ५ सय १६ रुपैयाँको खाजा–खाना खाएको बिल अस्पतालले भुक्तानी गरेको छ । यस्तै असार २० गतेका दिन ५३ हजार ५ सय ८४ रुपैयाँ, असार २६ गतेका दिन ७५ हजार २ सय ४१ रुपैयाँको खाजा–खाना खाएको बिल अस्पतालले तिरेको छ ।

त्यस्तै २८ गते ८६ हजार ९ सय २० रुपैयाँको बिल भुक्तानी अस्पतालले गरेको छ, भने २९ गते ३७ हजार ९७ रुपैयाँको खाजा–खाना अस्पतालका पदाधिकारीले खाएका छन् । अस्पताले असारमा मात्रै खाजाको बिल ४ लाख ६७ हजार ३ सय रुपैयाँ तिरेको छ ।

कतिसम्म भने जेठ १५ गते गणतन्त्र दिवसका दिन वीर अस्पतालमा ९० हजारको खाजा खाने जस्तो कुनै पनि कार्यक्रम गरेको छैन् । तर, पनि माइतीघरमा रहेको जि.एण्ड बि.क्याफेलाई अस्पताले ९० हजार ६ सय ६० रुपैयाँको बिल भुक्तानी गरेको छ । यी बिलहरु जुन दिन काटिए, त्यसदिन यति धेरै खाजा खाने गरी कुनै पनि कार्यक्रम गरेको वीर अस्पतालको रेकर्डमा देखिदैन् ।

बिल बनाउँदा यति हतार गरिएको छ, कि भेज खाना र मटन खानाको मूल्य समान राखिएको छ । यो सबै खाजा वीर अस्पतालको क्यान्टीनबाट अस्पताल नजिकको कुनै रेष्टुरेन्टबाट मागाइएको छैन् । यी खबै खाजा माइतीघरमा रहेका अन्नपुर्ण क्याफे र जि.एण्ड.बि. क्याफेबाट मगाइएको छ ।

आर्थिक बर्षको अन्त्यमा बाँकी रहेको पैसा सक्नका लागि नक्कली बिल बनाई वीर अस्पतालका पदाधिकारीले पैसा लिएको सजिलै बुझन् सकिन्छ । दैनिक उठेको चर्को खाजाको खर्च अस्पतालले विभिन्न बैठक निर्णय तथा पाहुनाहरु आउँदा तथा विभिन्न समयमा भएको खर्च भुक्तानी भन्दै टिप्पणी उठाएर चेक मार्फत भुक्तानी दिएको छ ।

यता वीर अस्पतालका कर्मचारी सेवा आयोग निस्कृय रहेको मौकामा आँफूखुसी कर्मचारी नियुक्त गर्न लागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । अस्पतालका निर्देशक डा.केदार सेन्चुरीले आकस्मिक आवश्यकता भन्दै ३० जना स्टाफ नर्सको अन्तरवार्ता लिएका छन् । विर अस्पताल स्रोतका अनुसार नयाँ कर्मचारी भर्नाका लागि कतै सूचना प्रकाशन÷प्रशारणनै नगरी आफन्तहरु भर्ना गरेका छन् ।

यस्तो अवस्थामा लोकसेवाबाट अनुमति लिएर लोकसेवाका प्रतिनिधिको उपस्थितिमा मात्रै कर्मचारी भर्ना गर्नुपर्ने लोकसेवाका निर्देशन भएपनि वीर अस्पतालले त्यो मानेको छैन ।

११ आश्विन २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको