सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा अडिग छ: प्रचण्ड

दैनिक अनलाइन औपचारिक रुममा संचालन


असोज ११, काठमाडौं । ए एण्ड ए मिडिया प्रालीद्धारा सञ्चालित अनलाइन् पत्रिका दैनिक अनलाइनको शनिवार एक कार्यक्रमकाबीच शुभारम्भ गरिएको छ ।

पूर्वप्रधानमन्त्री एवं सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा दैनिक अनालाइनको उद्घाटन गरिएको हो ।

प्रचण्डले अनलाइनको भिडमा दैनिक अनलाइनले आफूलाई पृथक रुपमा उभ्याउँने विश्वास व्यक्त गरे । सकरात्मकता, विकास र समृद्धिका पक्षमा दैनिक अनलाइनले महत्वपूर्ण भूमिका खेल्ने प्रचण्डको विश्वास छ । राष्ट्र, जनता र परिवर्तनका पक्षमा कलम चलाउँन उनले सम्पूर्ण पत्रकारिता जगतलाई समेत आव्हवान गरे ।

पछिल्लो समय अनलाईन पत्रकारिता विकृत बन्दै गइरहेको भन्दै प्रचण्डले सत्यको अनुसन्धान गरेर इमान्दारिताकासाथ प्रस्तुत हुन आग्रह गरे । सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा अडिग रहेको प्रचण्डको भनाई छ ।

पछिल्लो समय सञ्चार माध्यममा नराम्रा विषयले मात्र प्राथमिकता पाएको भन्दै प्रचण्डले हुँदै नभएका समाचार आउन थालेको भन्दै असन्तुष्टि समेत जनाए ।

अध्यक्ष प्रचण्डले विकृत बनिरहेको अनलाइन पत्रकारिताको प्रतिवाद गर्न आह्वान गर्दै पत्रकार स्वयम् जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।

‘कानून लगाएर नियन्त्रण गर्ने पक्षमा हामी छैनौँ तर पत्रकार आफैँ भने यस्ता विषयमा गम्भीर हुन आवश्यक छ ।’ उनले भने, ‘गलत कुराको प्रतिवाद कसरी गर्ने भन्दा त तपाईहरु सत्यको उद्बोधन गरेर, अनुसन्धान गरेर तथ्यका आधारमा इमान्दारिता साथ तपाईहरुले प्रतिवाद गर्दा प्रतिवाद हुने भयो’, उनले भने, ‘हामी नेता फिल्डमा ओर्लेर भनेर त्यो पार लाग्ने देखिएन् ।’

पत्रकारले नेताहरुलाई परेका पीरमर्का पनि सुनिदिन र न्याय दिन समेत आग्रह गरे । ‘नेताहरु तपाईंसँग न्याय माग्न पर्यो । भन्ने नभन्ने भन्या छ, मार्नपर्छ, जीउँदै कोपर्नपर्छ, टोक्नपर्छ रगत पिउनपर्छ भन्नेलाई के गर्ने ? ’, उनले भने, ‘तपाईंहरुले न्याय दिनतर्फ सोच्नु होला ।’

कार्यक्रममा शिक्षामन्त्री गरिराजमणी पोखरेलले प्रविधिलाई सही ढंगले सदुपयोग गर्नुपर्नेमा जोड दिए । सकरात्मकताको अभियानमा दैनिक अनलाइनको भूमिका महत्वपूर्ण हुने मन्त्री पोखरेलको भनाई छ ।

उद्घाटन कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्ड, नेकपा महासचिव विष्णु पौडेल, शिक्षामन्त्री गिरिराजमणी पोखरेल, नेकपाकी नेतृ रेखा शर्मा, लिलामणी पोखरेलको उपस्थिति रहेको थियो ।

त्यस्तै पत्रकार महासंघका पूर्व अध्यक्ष एवं नेपाल टेलिभिजनका महानिर्देशक डा. महेन्द्र विष्ट, महासंघका उपाध्यक्ष दिलिपकुमार थापा, अनेरास्ववियूका संयोजक ऐन महर, विभिन्न मिडियामा आवद्ध पत्रकारहरूको बाग्लो उपस्थिति रहेको थियो ।

११ आश्विन २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको