असोज ११, बाँके । नेपालगञ्ज कारागारमा झडप हुँदा बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता भरत बम ‘रणवीर’ घाइते भएका छन् ।
नेपालगञ्ज कारागारमा धेरै बन्दी रहेको र आफूलाई असहज भएको भन्दै रणविरले केही ब्यबस्था गर्न आग्रह गरेका थिए । सोहि बिषयलाई लिएर शुक्रबार साँझ कारागारभित्रै केहि कैदीहरुको मिलिमतोमा अरु कैदीहरुलाई उक्साएर नेकपा नेता रणविरलाई आक्रमण गरिएको जनाइएको छ ।
कुटपिटमा विभिन्न लागुऔषध तथा तस्करीमा संलग्न कैदीहरु समेतको संलग्नता रहेको बुझिएको छ । यता उक्त घटना सम्बन्धमा नेपालगन्ज कारागार प्रशासनले हालसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।
सो घटना बाहिरिएपछि पिडित सम्बद्ध आफन्तहरुले उक्त घटना सम्बन्धमा छानबिनका लागि सम्बन्धित प्रशासन, मानवअधिकारवादी, नागरिक समाज लगायत आम नागरिकको गम्भीर ध्यानाकर्षण गराइरहेको बताएका छन् ।
राजद्रोहको मुद्दा लागेर फक्राउ परेका नेकपाका तत्कालिन पोलिटब्यूरो सदस्य रणविर पुर्पक्षका लागि नेपालगञ्ज कारागार चलान भएका थिए ।
प्रतिक्रिया दिनुहोस