असोज ११, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादल सवार हेलिकप्टर रामेछापमा आकस्मिक अवतरण गरिएको छ ।
जनकपुरका लागि त्रिभुवन विमानस्थल काठमाडौंबाट शनिबार उडेको हेलिकप्टर मौसम प्रतिकूल भएपछि रामेछापको मन्थली विमानस्थलमा अवतरण गराइएको हो ।
रामेछापकी प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेका अनुसार गृहमन्त्रीसहित हेलिकोप्टरमा सवार भएकाहरू दुई घण्टा रामेछाप विमानस्थल बसेका थिए ।
‘मौसम खराब भएपछि यहाँ अवतरण गरिएको बताइएको छ । दुई घण्टापछि मौसममा सुधार आएपछि गन्तव्यतिर उडिसकेको प्रजिअ पाण्डेले जानकारी दिईन ।
प्रदेश नम्बर २ को सुरक्षा गोष्ठीमा सहभागी हुन गृहमन्त्री थापा, गृहसचिव प्रेमकुमार राईलगायतको टोली नेपाली सेनाको एमआई-१७ हेलिकप्टरमा जनकपुरतर्फ जाँदै थिए।
प्रतिक्रिया दिनुहोस