सागर पुन । युवा संगठन नेपालले असोज ५ गते देखी देशभर ३ महिने अभियान थालेको छ । सो अभियान मंसिर मसान्त सम्म निरन्तर चल्ने छ ।
“राष्ट्रीयता, जनतन्त्र, जनजीविकाको पक्षमा आम युवाहरु एक हौँ, बैज्ञानिक समाजवादका लागि संगठन सुदृढ तथा बिस्तार अभियानमा अघि बढौँ” भन्ने मूल नाराका साथ अभियानमा हाम्रो संगठन अहोरात्र जुटेको छ ।
प्रतिबन्धका बिचमा पनि युवा संगठनले आफ्नो अभियानलाई देशभर लागू गर्दा राजनीतिक हिसाबले नौलों बहस शुरू भएको छ । अभियानले संगठन शुद्धिकरण गर्दै, नयाँ संगठनहरु बिस्तार र स्थापित गराउँदै लैजाने विषयमा कुनै दुबिधा छैन । यो अभियान आँफैमा दलाल ब्यवस्था, मानव तस्करको बिरुद्ध लाखौँ बेरोजगार युवाहरुको प्रतिनिधि आवाज कारण यात्रामा अबरोध चुनौतिहरूको सामना गर्नेछ । लाखौं चुनौतीहरूको बिचवाट लाख संम्भावना हासिल गर्न कसरत गर्नुपर्दछ किनकी युवा शक्ति परिवर्तनका पक्षधर हून् ।
राणा, पंचायत, बहुदल, दश बर्षे जनयुद्द या कांग्रेशको मुत्ति सेना र एमालेको झापा बिद्रोह होस्, क्रान्तिको पक्षमा जिन्दगी फालेर मृत्यु सँग सजिलै मुखाबिला गर्ने शत्तिमा युवाहरुकै अग्रज भूमिका रहेको छ ।
यो अभियान प्रतिबन्ध लगाउने विरुद्धको कठोर संघर्ष पनि हो । बैज्ञानिक समाजवादी ब्यवस्था प्राप्तिको लागि बैचारिक बहस र सम्बन्ध हो तसर्थ केहि चुनौती आउनु सकारात्मक मान्नुपर्दछ ।
अभियानमा यसरी प्रतिबद्ध हौ
पहिलो, हामी प्रतिबन्धित छौँ । हामीलाई हाम्रो बिचार स्वतन्त्र राख्न दीईदैन, शांतिपूर्ण भेला, समारोह गर्न दीईदैन । त्यसैले आम युवाहरु एकजुट हुनुको बिकल्प छैन, कुनै राजनीतिक पार्टी बिचार नभई राष्ट्रीयता, जनजीविकाको पक्षमा अन्तर्क्रिया, बहसको आबस्यक्ता छ ।
दोस्रो, अलिकति बर्षात छ, त्यही सँगै नेपालीहरुको चाड़वाड पनि आहिरहेको छ । छोटे राजाहरुले खोक्रो बनाई रहेको टोल, समाज, गाऊँ वस्तिमा हामी पुग्दैछौँ । राहतको महसूस सर्बत्र हुनेछ हामी आशावादी छौँ । तर पनि अभियान उपलब्धि मूलक बनाउने हाम्रो जोड कहिलै पछि हटने छैन । निसर्त, निस्वार्थ, निर्भीक बिचारले बनेको संगठन उत्पीडित युवाहरुको साझा संगठन अधिकार रहित नयाँ समाज निर्माण गर्ने लक्ष्य, उद्देश्य सपना बोकेका संगठन देश र जनताहरुलाई शिरोधार राखेर एउटा बेग्लै कल्पना बोकेको हाम्रो युवा संगठन हो र त्यही अनुरुप संगठन बिस्तार तथा अभियान उत्कर्षमा पुर्याउनु जरूरी छ ।
त्यसकारण हाम्रो अभियान गाऊँ गाऊँमा , शहरका हरेक चोक गल्लीहरुमा चलिरहेको छ । अभियानले भ्रष्टाचारि माथि बिभिन्न कारवाही गरेको छ । राता अक्षरहरुले भित्ताहरु रंगाईएका छन् । जिल्ला स्तरका भेला, सम्मेलन भईरहेका छन् । सक्रिय सदस्यता बितरण भईरहेका छन् । गाऊँ शहरमा संगठन निर्माण भईरहेका छन् ।
जनप्रतिनिधिको नाउँमा लूट मच्चाउनेहरूको कार्यक्षेत्रहरुमा अज्ञात आगो बलीरहेको छ । जन संगठन घेरा, फराकिलो हुँदै गर्दा आतंकित मानसिकताहरुले दमन, धरकपट, गर्न पनि सक्छन् त्यसैले कति पनि बिचलित नभई हामी संयम रुपमा अघि बढनु पर्दछ ।
यही परिबेशबाट हामीले केहि मेहनत गर्नुपर्दछ । हजारौ संगठन निर्माणमा जोड़ गरौँ, अभियानकर्मी अनुशाषित र मेहनतमा जोड़ गरौँ, दैनिक दुःख कष्ट पीडाहरु सामान्यकरणमा जोड गरौ, राजनीतिक बिचार जसको जहाँ भएपनि सबै युवा सामू पुग्ने जोड गरौँ, जहाँ युवा त्यहाँ इकाई बनाउनेमा जोड गरौँ, वाल पेन्टिंग-पोष्टरिङ्गमा जोड गरौँ, अभियानको सफलता र उपलब्धिमा जोड गरौँ ।
देश बिचित्र ढ़ंगले चलिरहेकोछ । राज्यको अर्थतन्त्रलाई ध्वस्त बनाउने अभिप्रायले ठुला ठुला भ्रस्टाचार, कर छली गर्नेलाई राज्यले संरक्षण गरेको तथ्य हालै एनसेल काण्ड जगजायर छ । सरकारी जग्गा बेचिखाने माफ़ियाहरुलाई कारवाही गरिदैन । अपराधिक गतिविधि बढ्दो छ यसको नियंत्रण छैन । शान्तिपूर्ण कार्यक्रम, भेला गर्दा पुलिसको डण्डा खानुपर्छ । शत्ताका मालिकहरूको मालिकहरु विरुद्द बोल्न पाहिंदैन । के यही हो कम्युनिष्ट ब्यवस्थाको लोकतन्त्र ? केंद्र सरकार देखी स्थानीय सरकार अपराधिक काण्डै काण्डमा मुछिएका छन् । त्यसकारण वास्तविक शान्ति, समृद्दि, र विकासको पक्षधर हामी छौँ । हाम्रा अभियानमा सबैको साथ समर्थनको खाँचो भएको हुँदा देश भित्र या बाहिर रहनुहुने आम नेपालीले एक पटक सोच्नैपर्ने बेला भएको छ । हाम्रो अभियानमा जनता, युवा, बुद्दिजीवी, देशभक्त, पत्रकार, सबैमा सहयोग गरीदिनु हून समेत अपील गर्दछु ।
लेखक युवा संगठन नेपालका महासचिप सागर पुन हुन ।
प्रतिक्रिया दिनुहोस