कस्तो हुँदैछ सिंगापुरमा प्रधानमन्त्री ओलीको उपचार ?


भदौ १०, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुर उपचार बारे सँगै रहेका उनका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी गराएका छन् । प्रधानमन्त्री ओलीको उपचार अब अर्को सातासम्म समाप्त हुने उनले बताएका छन् ।

प्रधानमन्त्रीको निजी चिकित्सक डा. दिव्यसिंह शाहलाई उद्धृत गर्दै उसले उपचार प्रक्रिया अर्को साता सकिने बताएका हुन्। शाह भने बुधबार स्वदेश फर्किएको रिमालले जानकारी गराएका छन्।

उनले प्रधानमन्त्रीको ओलीका स्वास्थ्य अवस्थाको सामान्य रहेको बताए। प्रधानमन्त्रीको प्लाज्माकेक फेरेसिस प्रक्रियाबाट उपचार जारी रहेको जनाएका छन् । उनको निजी चिकित्सक प्रा. डा. दिव्यासिंह शाह आज स्वदेश फर्किएका छन् । उनका अनुसार यो उपचार प्रकृया अर्को सातामा पुरा हुनेछ।

प्रधानमन्त्रीज्युको स्वास्थ्य अवस्थामा सामान्य रहेको छ, रिमालले ट्वीट गर्दै भनेका छन्। एक महिनामा दोस्रो पटक स्वास्थ्य परीक्षण तथा उपचारका लागि सिंगापुर पुगेका प्रधानमन्त्रीको मृगौलाको क्षमता अभिवृद्धिसम्बन्धी उपचार भैरहेको छ।

पछिल्लो समयमा उनी भदौ ५ गते सिंगापुर प्रस्थान गरेका हुन्। १२ वर्षअघि भारतमा उनको मृगौला प्रत्यारोपण गरिएको थियो।

११ भाद्र २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको