गुणस्तरिय स्वास्थ्य सेवालागि अनसाइड कोचिङ


भदौ ११, कालिकाेट । पचालझरना गाउँपालिका कालिकाेटमा स्वास्थ्य सेवा सुधारकाे लागि तिब्ररुपमा विभिन्न गतिबिधि संचालन भैरहेका छन । स्थानिय सरकारले स्वास्थ्य सेवालाइ पहिलाे प्राथामिकतामा राखेकाे छ ।

स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवालाई सुधार गर्न गाउपालिका स्वास्थ्य शाखाकाे समन्वयमा स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ कर्मचारीहरुका लागि सम्बन्धित स्वास्थ्य संस्था कार्यकक्षमा नै ३ दिने किलिनिक अनसाइड काेचिङ संचालन गरिएकाे छ । हाल सम्म राम्नाकाेट र नानीकाेट स्वास्थ्य चाैकीमा अनसाइड काेचिङ सम्पन्न भएकाे हाे ।

बिगतमा पढेकाे धेरै बिषयहरु परिवर्तन भइसकेा रहेछ । धेरै नयाँ कुराहरु सिक्न पाइयाे । यस किसीमकाे काेचिङ कक्षा अागामि दिनमा पनि पुनर्ताजगीकाेरुपमा संचालन ल्याउनु पर्छ । अब सेवा दिनलाई अझै सहज भएकाे राम्नाकाेट स्वास्थ्य चाैकीमा कार्यरत अनमी साेनु मैनालिले बताइन ।

अनसाइड काेचिङकाे अार्थिक सहयाेग नेपाल रेडक्रस साेसाइटी कालिकाेटले र प्राबिधिक सहयाेग स्वास्थ्य कार्यालय कालिकाेट, स्वास्थ्यकालागि सक्षम प्रणालि कालिकाेटकाे रहेकाे र स्वास्थ्य सेवा सुधारकाे लागि संचालन गरिने अनसाइड काेचिङ गाँउपालिका भित्र रहेका सबै स्वास्थ्य संस्थामा हुने स्वास्थ्य संयाेजक चन्देश्वर साहले जानकारी दिए ।

११ भाद्र २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको