भदौ ११, सुर्खेत । सुर्खेतको एमाले मोडमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने २५ जना घाईते भएका छन् ।
पश्चिम रुकुमको आठबिसकोट नगरपालिका राडि बजारबाट नेपालगन्जको लागि छुटेको ना ४ ख ९३२७ बस सुर्खेतको भेरीगंगा नगरपालिका अन्तरगत रत्न राजमार्गको हर्रे र बबईको बिचमा पर्ने एमाले मोडमा आज बिहान ३ बजेतिर दुर्घटना भएको हो ।
मंगलवार साझ ५ बजे राडिदेखि नेपालगञ्जका लागी छुटेको भेरी गंगा यातायात ब्यवसाय समितिको बस आज बिहान करीब ३ बजेतिर गाडीको ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला ट्रफिक कार्यालय सुर्खेतले जनाएको छ ।
प्रहरीका अनुसार अहिलेसम्म घटना स्थलबाट ३ जनाको श’ब निकालिए र २५ जना घाईतेलाई कोहलपुर मेडिकल कलेजमा उपचारको लागी पठाइएको छ । गाडी चालक सहित ४ बालबालिका, ८ जना महिला र पुरुष १३ जना गरी २५ जना घाईते भएको सुर्खेत ट्राफिक प्रहरीले जनाएको छ ।
राडी बाट ९ जना, कालिमाटीबाट ७ जना, मटेलाबाट ४ जना गरी यात्रु लिएको र अन्य बाटोमा हाल्दै यात्रु बोकेको यातायात ब्यवसायी समितिले जनाएको छ । २५ जना नेपालगञ्ज पठाएको अन्य कतिजनाको ज्यान गएको भन्ने एकिन नभएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
अहिले उद्दारको लागि इलाका प्रहरी कार्यालय छिन्चु प्रहरी कार्यालय बबई र हेर्रे चेकपोष्टबाट र नेपाली सेनाको टोली उद्दारमा खटिएको प्रहरीले जानकारी दिएको छ । विस्तृत विवरण आउन बाँकी रहेको छ ।
प्रतिक्रिया दिनुहोस