फेरी यसकारण सर्यो नेकपाको सचिवालय बैठक


साउन १२, काठमाडौं । स्कुल विभाग र आयोगको टुंगो लगाउन आइतबार दिउँसो बस्ने भनिएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ ।

नेकपाका सचिवालय सदस्यं एवं प्रवक्ता नाराणकाजी श्रेष्ठले बैठक सोमबारसम्मका लागि स्थगित भएको जानकारी दिए । नेकपाले आइतबार अपरान्ह ३ बजे सचिवालयको बैठक बोलाए पनि बैठक नबसी स्थगित गरेको हो। अर्को बैठक सोमबार दिउँसो ३ बजे बोलाइएको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन्।

स्कुल विभागको नेतृत्व कसलाई दिने भन्ने विषयमा नेकपामा विवाद जारी छ । सो विभागमा पूर्व एमालेबाट ईश्वर पोखरेल र पूर्व माओवादीबाट नारायणकाजी श्रेष्ठले दावी गर्दै आएका छन् ।

संगठन र विदेश विभाग पूर्व एमालेले लिने सहमति यसअघि नै भइसकेको छ । संगठन र विदेश पूर्व एमालेले लिएपछि स्कुल विभाग आफूले पाउनुपर्ने पूर्व माओवादी समूहले दावी गर्दै आएको छ ।

पूर्व माओवादीले स्कुल विभागलाई ‘बटमलाइन’ बनाउँदै कुनै पनि हालतमा लिइछाड्ने बताएपछि स्कुल विभागमा थप विवाद भएको हो । पूर्व एमाले समूहबाट झलनाथ खनाल, घनश्याम भुसाल र वेदुराम भुसालले पनि स्कुल विभागमा दावी गरेका छन्।

१२ श्रावण २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको