नेकपालाई फेरी अर्को झट्का, नयाँ जिल्ला सेक्रेटरी पनि गिरफ्तार


साउन १२, काठमाडौँ । नेत्र विक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीलाई फेरी अर्को ठुलो झट्का लागेको छ।

हालसालै मात्र नियुक्त भएर पोखरा आएका जिल्ला सेक्रेटरी लोकेन्द्र बिक”सुजन”ले राम्रोसंग जिम्मेवारी लिन नपाउंदै शनिबार दिउँसो पोखराबाट गिरफ्तार भएका छन्।

नवनियुक्त सेक्रेटरी सुजनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले दिउसो साढे ३ तिर पोखरा महानगरपालिका वडा नम्बर ५ मालेपाटनबाट गिरफ्तार गरेको जनाइएको छ ।

पार्टी कामको शिलशिलामा रहेका उनलाई गिरफ्तार गरेको नेकपा स्रोतले जानकारी दिएको छ । तर प्रहरीले यस बारेमा केही बताएको छैन । यस अघि तनहुँ जिल्लाको सेक्रेटरी रहेका सुजन कास्कीका सेक्रेटरी आक्रोश गिरफ्तार परेपछि भर्खरै मात्र सरुवा भएर कास्की आएका थिए ।

यसअघिका सेक्रेटरी आक्रोशसँगै प्रहरीले अखिल क्रान्तिकारीका २२ जना नेता कार्यकर्तालाई एकै पटक कास्कीको घान्द्रुकवाट गिरफ्तार गरेको थियो । गिरफ्तार परेका केही कार्यकर्ता छुटिसकेका छन् भने आक्रोशसहित ५ जना अझै प्रहरी हिरासतमा रहेका छन् ।

यसैबीच शुक्रबार नेकपानिकट युवा सङ्गठनका २ जना नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ ।

युवा संगठन जाजरकोटका अध्यक्ष खड्कबहादुर सिंह र सुर्खेत जिल्ला सदस्य हिरु सिंहलाई शुक्रबार प्रहरीले गिरफ्तार गरेको उक्त पार्टीले जनाएको छ ।

दुवै जनालाई शुक्रबार सुर्खेतबाट पक्राउ गरिएको बुझिएको छ । यस्तै नेकपाका सुर्खेत जिल्ला सदस्य हिरु सिंहलाई पनि प्रहरीले गिरफ्तार गरेको छ । उनलाई सुर्खेतको लेकवेशीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लेकवेशी–५ नेटा निवासी शाहीलाई घरबाट दशरथपुर जानेक्रममा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिएका छन् ।

१२ श्रावण २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको