थुनुवालाई भेट्न जाँदा चाउचाउको प्याकेटमा लागूऔषध उपहार, दुईजना पक्राउ


जेठ १४, काठमाडौँ । समय ७ वजे ५० जादा दाजु भेटन आएका दुई युवा प्रहरी कार्यालयमै पक्राउ परे ।

घटना हो महानगरीय प्रहरी प्रभाग बलम्वुमा लागुऔषध मुद्धाका थुनुवा कालीकोट राजकोट नगरपालिका ६ का दाजु नविन शाही ठकुरीलाई भेटन आएका भाई र उनका साथीसहित दुई जनालाई प्रहरी प्रभाग बलम्वुले कार्यालय भित्रै लागुऔषध सहित पक्राउ गरेको हो ।

दाजु भेटन महानगरीय प्रहरी प्रभाग बलम्वु चौकी आएका दुईलाई लागुऔषधसहित फेला पारेपछि प्रहरीनै चकित प¥यो । महानगरी प्रहरी प्रभाग बलम्वुका प्रहरी सहायक निरिक्षक वुद्धि बहादुर थापा त्यस समयमा कार्यालयको डियुटी अफिसरको रुपमा खटीएका थिए ।

उनै प्रहरी सहायक निरिक्षक थापाले ति युवाहरुले बोकेर आफ्नो दाजुलाई भेटन आउँदा ल्याएको खानेकुरा दालमोट,चाउचाउ आफ्ना दाजुका लागि ल्याएको र भेटनु पर्ने भन्दै समय माग गरेका थिए । उक्त वाइवाइ चाँउचाँउ र दालमोट दाजुलाई दिन ति दुई युवाहरुले प्रहरीलाई आग्रह गरे ।

प्रहरी सहायक निरीक्षक वुद्धि थापालाई चाउँचाउँ भित्र स्ड्ढका लाग्यो र बन्द चाउचाउ खोले । त्यो बन्द बाईबाई चाउँचाउँ खोल्दा प्रहरीनै चकित प¥यो । बन्द चाउँचाउँ भित्र खोलेर हेर्दा नाईट्राभ्याट १५ ट्याप्लेट र कालो चरेश तिन ग्राम फेला पा¥यो ।

महानगरी प्रहरी प्रभाग बलम्वुका प्रहरी प्रमुख प्रहरी निरीक्षक शकंर खड्काले थुनुवालई भेटन आएका युवाहरुले बोकेर ल्याएको चाँउचाँउ भित्र लागुऔषध सहित दुई युवाहरुलाई पक्राउ गरेको पुष्टी गरे ।

महानगरी प्रहरी बृत्त थानकोटका प्रहरी प्रमुख कुमार विक्रम थापाका अनुसार पक्राउ पर्नेमा जिल्ला कालीकोट राजकोट नगरपालिका ६ का बालकुकारी वस्ने वर्ष १९ पुजन बम ठकुरी र जिल्ला झापा दमक नगरपालीका वडा नम्वर १ बर्ष २२ को धमेन्द्र लिम्वुलाई प्रहरीले कार्यालयको डियुटी कक्षवाटै नियन्त्रणमा लिएर आवश्यक अनुषन्धान भईरहेको बताए ।

बृत्त प्रमुख थापका अनुसार ति युवाहरुले करिव २०० मिटर पर रोकिराखेको भे ५ प १३०५ नम्वरको मोटरसाईकल समेत नियन्त्रणमा लिएको बताए ।

१४ जेष्ठ २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको