बार्सिलोनाले प्रशिक्षक भालभर्डेलाई बर्खास्त गर्ने


जेठ १४, एजेन्सी । स्पेनिस च्याम्पियन्स बार्सिलोनाले प्रशिक्षक अर्नेस्टो भालभर्डेलाई बर्खास्त गर्ने तयारी गरेको छ । स्पेनिस मिडियाका अनुसार बार्सिलोनाले मंगलबार भालभर्डेलाई बर्खास्त गर्ने तयारी गरेको हो ।

च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लेगमा लिभरपुलसँग ३–० को लज्जास्पद हारसँगै समग्रमा ४–३ ले पछि परेर बार्सिलोना फाइनल पुग्नबाट बञ्चित बनेको थियो । यस्तै गत शनिबार कोपा डेल रेको फाइनलमा बार्सिलोना भ्यालेन्सियासँग २–१ को हार व्यहोरेको थियो ।

ला लिगाको उपाधि जिताए लगातारको निराशाजनक प्रर्दशन गरेपछि बार्सिलोनाले भालभर्डेलाई हटाउने निस्कर्षमा पुगेको हो ।

कोपा डेल रेको फाइनलमा भ्यालेन्सियासँग पराजित भएपछि बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्टामेउले खेलाडी दोषी भएको बताएका थिए । सन् २०१७ मा बार्सिलोना सम्हालेका भालभर्डेले दुई ला लिगा र एक कोपा डेल रेको उपाधि जितााएका छन् ।

१४ जेष्ठ २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको