सडक दुर्घटना सूचना व्यवस्थापन प्रणालीको सुरूवात


चैत १४, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले प्रहरी प्रधान कार्यालयमा बिहीबार सडक दुर्घटना सूचना व्यवस्थापन प्रणाली (आरआइएमएस) सुरूवात गरेका छन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयको सहकार्य तथा विश्व बैंकको अनुदानमा उक्त प्रणाली स्थापना गरिएको हो।

प्रथम चरणको लागि काठमाडौं उपत्यकाका ३४ वटा ट्राफिक प्रहरी कार्यालय र काठमाडौंदेखि वीरगंजसम्मको करिडोरमा पर्ने ३० वटा ट्राफिक प्रहरी कार्यालयहरुलाई प्रहरी प्रधान कार्यालयको डाटा सेन्टरमा रहेको सर्भरमा कनेक्सन गरी सडक दुर्घटना भएपछि त्यस सम्बन्धी तथ्याङकहरु विद्युतीय प्रणाली मार्फत भण्डारण गरिने छ।

२०७५ मंसिर ५ गतेदेखि यस प्रणालीको सुरुवात भएदेखि हालसम्म ५ सय ३२ वटा सवारी दुर्घटनाको पूर्ण विवरण यस प्रणालीमा भण्डारण भएको छ। जसले गर्दा सवारी दुर्घटनाको कारण, स्थान र क्षतिको विवरण लगायत सम्बन्धित सूचनाहरु आवश्यक परेको बेला उपलब्ध गराई अनुसन्धान तथा दुर्घटना न्यूनीकरणमा सहयोग मिल्ने छ।

१४ चैत्र २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको