देउवाले बनाएको अनुशासन समितिमा देउवाविरुद्ध उजुरी परेपछि…


चैत १४, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध कारवाहीको माग गर्दै कांग्रेसको केन्द्रीय अनुशासन समितिमा उजुरी परेको छ।

नेपाली कांग्रेस गोरखा क्षेत्र नम्बर १ का महासमिति सदस्य एवं युवानेता राजेन्द्र बजगाईंले सभापति देउवाका कारण पार्टीले क्षति व्यहोरेको भन्दै विधान अनुसार अनुशासनको कारवाही गर्न माग गरेका हुन्।

बिहीबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा दर्ता गरिएको उजुरीमा बजगाईंले पार्टी सभापति एवं संसदीय दलको नेताको हैसियतमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रममा समर्थन जनाएर पार्टी र संसदीय व्यवस्थाकै अहित गरेकोले अनुशासन कारवाही गर्न माग गरिएको छ।

उजुरीमा बजगाईंले प्रधानमन्त्रीका रुपमा सरकारको नेतृत्वमा रहेर निर्वाचन गराएको स्वभाविक कामलाई पार्टीको दस्तावेजमा गौरवमय रुपमा प्रस्तुत गरिनुसमेत गलत भएको दावी गरेका छन्।

यस्तो छ उजुरी

१४ चैत्र २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको