चैत १४, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले पछिल्लो समय पार्टी र नेताहरुलाई जोडेर अनावश्यक र तथ्यहिन समाचारहरु आईरहेकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छन् ।
कर्पोरेट हाउसहरुद्वारा सञ्चालित सञ्चार मिडियाहरुबाट पार्टी, क्रान्तिकारी आन्दोलन र नेताहरुका बारेमा असत्य, अस्वभाविक र भ्रामक समाचारहरु योजनाबद्ध तरिकाले संप्रेशण गरिरहेको भन्दै नेकपाले त्यस्ता भ्रमपूर्ण र तथ्यहिन समाचार लेखेर जनतालाई भ्रमित नपार्न चेतावनी दिएको हो ।
आज बिहिवार महासचिव बिप्लवले बिज्ञप्ति निकालेर कर्पोरेट हाउसहरुद्वारा सञ्चालित सञ्चार मिडियाहरुबाट शृंखलाबद्ध र योजनाबद्धरुपमा सम्प्रेशित भ्रामक समाचारहरुप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउदै यस्ता श्रृङखला नदोहोर्याउन चेतावनी समेत दिएका छन् ।
पछिल्लो समय केहि मिडियाहरुले नेकपामा चर्कोे अन्तरसंघर्ष रहेको, पार्टी प्रवक्ता एव स्थायी सदस्य खडक बहादुर बिश्वकर्मालाइ निलम्बन गरेको , सुदर्शन र प्रकाण्डबिच चर्काे बिबाद रहेको तथा विप्लव र प्रकाण्डबिच बोलचाल समेत बन्द भएको लगायतका बिषयलाई समाचारको रुपमा प्रकाशन प्रशारण हुँन थालेपछि महासचिव विप्लवले यस्तो चेतावनी दिएका हुन् ।
महसचिव विप्लवले बिहीबार जारी गरेको प्रेस विज्ञप्ति भनिएको छ – ‘केही दिन अघिदेखि नेपालका कर्पोरेट हाउसहरुद्वारा सञ्चालित सञ्चार मिडियाहरुबाट हाम्रो पार्टी, क्रान्तिकारी आन्दोलन र नेताहरुका बारेमा असत्य, अस्वभाविक र भ्रामक समाचारहरु योजनाबद्ध तरिकाले सम्प्रेशित भैराखेका छन् । शृंखलाबद्ध र योजनाबद्धरुपमा सम्प्रेशित यस्ता भ्रामक समाचारहरुप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ’ ।
नेपालमा भएका सबै परिवर्तनकामी आन्दोलनहरुको बैठान गलत तरिकाले भएकाले देश र जनताले अहिलेसम्म धोका पाइरहेको पनि विप्लवले बताएका छन् ।
नेपाली राजनीतिमा पटक पटक धोका हुँदा निरास बनेका जनताको अविश्वासलाई विश्वास र आशामा बदल्दै क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई नै पुनर्ग्ठित पार्टी अगाडि बढिरहेको र राष्ट्रियता, जनतन्त्र र जनजीवीकाका सवालहरुलाई सशक्त रुपमा उठाइरहेको पनि प्रस्ट पारेका छन् ।
बिज्ञप्तिमा भनिएको छ, यस्तो अवस्थामा हाम्रो पार्टीका विरुद्ध हुँदै नभएका कपोलकल्पित समाचार सम्प्रेशण गर्नु वास्तवमा पत्रकारिता हुँदैन । म्यानुफ्याक्चरिङ कन्सेन्टको नीतिका आधारमा लगानी र विज्ञापन बढाउन कसैको निर्देशन र दवावमा यस्ता समाचार उत्पादन गर्नु ठीक होइन’ ।
विगतमा जनताद्वारा सञ्चालित परिवर्तनकामी आन्दोलनहरुमा सञ्चार माध्यमहरुको महत्वपूर्ण भूमिका रहेको भन्दै महासचिव विप्लवले सञ्चारमाध्यमहरुको भूमिका विगतको जस्तै हुने अपेक्षा गरेको पनि बताए ।
महासचिव विप्लवले तर पछिल्लो समय प्रशारण प्रकाशन भईरहेका भ्रामक र असत्य समाचारहरु जनता र राष्ट्रकालागि पनि घातक हुने बताएका छन् । विप्लवले पार्टीका बारेमा बिना तथ्य, अनावश्यक, असत्य र भ्रामक समाचार सिर्जना गरी सम्प्रेशण नगर्न पनि अपिल गरेका छन् ।
हेर्नुहोस विज्ञप्ति
प्रतिक्रिया दिनुहोस