जनकपुर बमकाण्ड: पूर्वमन्त्री साहसहित ७ जनालाई जन्मकैद


चैत १४, काठमाडौं । जनकपुर बम काण्डका मुख्य अभियुक्त तत्कालिन सांसद एवंम् पूर्वराज्यमन्त्री सञ्जय कुमार शाह टकलालाई सहित ७ जनालाई जन्मकैद फैसला सुनाइएको छ । टकलासहित ७ जनालाई जिल्ला अदालत धनुषाले जन्मकैदको फैसला सुनाएको हो ।

अदालतका न्याययधीश जयशकुमार कटुवालको एकल इजलासले ७ जनालाई जन्मकैदको फैसला सुनाएको श्रेष्तेदार राधाकान्त चौधरलिे जानकारी दिए ।

टकलासहित अर्जुन सिंह भनिने मुकेश चोधरी, राजु मुक्ति भनिने रञ्जित झा, जयप्रकाश चौधरी, मुकेश कुमार कर्ण, सुरेन्द्र कर्ण र दिपेन्द्र झालाई जन्मकैदको फैसला सुनाइएको हो ।

२०६९ साल वैशाख १८ गते मिथिला राज्य संघर्ष समितिको आह्वानमा जनकपुरको रामाचन्द चोकमा आन्दोलनको क्रममा बम विष्फोट हुँदा ५ जनाको ज्यान गएको थियो । सो घटनामा टकला संलग्न रहेको आरोप लागेको थियो ।

उनी २०६४ सालको चुनावमा राजेन्द्र महतो नेतृत्वको तत्कालिन संघीय समाजवादी फोरमबाट निर्वाचित भएका थिए । यसैगरी २०७० को चुनावमा पनि उनी निर्वाचित भएका थिए ।

पहिलो संविधानसभाकै क्रममा उनी फोरम लोकतान्त्रिकबाट भौतिक योजना तथा पूर्वाधार राज्यमन्त्री बनेका थिए । सो समयमा विजय कुमार गच्छदार भौतिक योजना तथा पूर्वाधार थिए ।

१४ चैत्र २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको