अमेरिका बसेर आफ्नै देश नेपालको बद्नाम गर्नेहरु पनि रहेछन: प्रचण्ड


चैत १४, काठमाडौं । पूर्व प्रधानमन्त्री एबम नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड परिवार सहित अमेरिकाबाट आज स्वदेश फर्केका छन् । उनी आज साँझ ५ः१५ बजे काठमाडौं पुगेका हुन् ।

त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले पत्नी सीताको उपचार र राजनीतिक भेटघाट निकै सकारात्मक रहेको बताएका छन् ।

आमेरिकामा आफु बिरुद्द उजुरी परेको थाहा पाए पनि त्यसले खासै प्रभाब नपारेको प्रचण्डले बताएका छन् ।

आफ्नो बिरोध गर्ने नेपालीहरु धेरै अघि अमेरिका पुगेका एक थरि नेपालीहरु भएको बताए । उनले भने, अमेरिकामा बसेर आफ्नै देशका नेताहरुलाई बिरोध गर्दा आनन्द अनुभूति गर्ने नेपालीहरु पनि रहेछन । अमेरिका बसेर नेपालको बद्नाम किन गर्न पर्यो ?

अमेरिका बस्ने नेपालीले मात्र यस्तो गरेको बताउदै अन्य खाडी लगाएतका नेपालीहरुले यस्तो ब्यबहार नगरेको पनि बताए । उनले भने, ‘एकथरी नेपाली जो पहिले देखि बसोबास गर्दै आएका छन्, उनीहरुले आफुलाई त्यहाँको रैथाने जस्तो ठान्दो रहेछन, मानौ अमेरिकामा बसेका पुराना नेपालीहरु नै त्यहाको सुपर पावर हुन् जस्तो गर्ने र यहाँबाट जाने नेपालीलाइ हेप्ने प्रवृति त्यहाँ रहेछ ।’

आन्दोलनमा भाग लिएका नेपालीहरु पनि पछिल्लो चरण त्यहाँ अमेरिका पुग्या हुनाले उक्त प्रवृति हट्न थालेको पनि बताए ।

राजनीतिक भेटघाटको क्रममा अमेरिकी र भेनेजुएला बिषय उठ्ने प्रचण्डले अनुमान गरे पनि उक्त बिषयमा कुनै प्रतिक्रिया नआएको उनले जानकारी दिए ।

१४ चैत्र २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको