चैत १४, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले पार्टीका मोरङ जिल्ला इञ्चार्ज कृष्णकुमार श्रेष्ठ (प्रज्वल)लाई तत्काल रिहा गर्न माग गरेको छ ।
नेकपा पूर्वी कमाण्डले श्रेष्ठलाई झुठा मुद्धामा फसाउने सड्यन्त्र गरेको भन्दै बिरोध गरेको हो । पूर्वी कमाण्ड ईन्चार्ज विरहीले बिज्ञप्ति जारी गरेर बिनाकारण ‘सामाजिक दलाल फासीवादी सरकार’को निर्देशनमा प्रहरी प्रशासनले पार्टीका जिल्ला ईन्चार्ज श्रेष्ठलाई गिरफ्तार गरेर श्रेष्ठलाई झुठा मुद्धामा फसाउन खोजेको भन्दै निन्दा गरेका छन् ।
श्रेष्ठलाई बुधबार मोरङको सुन्दरहरैचामा हिडिरेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको थियो । श्रेष्ठलाई हातहतियार तथा खरखजना सम्बिन्धि मुद्धा लगाएर फसाउन खोजिएको भन्दै ईन्चार्ज विरहीले बिरोध गरेका छन् ।
राष्ट्रियता र जनताको पूर्ण अधिकारको लागि राजनीतिक आन्दोलन चलाइरहेको अवस्थामा पार्टीमाथि प्रतिबन्ध लगाएर नेता कार्यकर्ता र समर्थकमाथि दमन र धरकपड मच्चाएको भन्दै कमाण्डले विरोध गरेको छ ।
ईन्चार्ज विरहीद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपाली उत्पीडित तथा श्रमजीवी जनताको अग्रदस्ता नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध र नेता कार्यकर्ताको गिरफ्तार फासिवादको ‘भद्दा नमूना’ हो, यसबाट “केपी–बादल कम्पनीले सामाजिक दलाल पूँजीवादबाट सामाजिक फासिवादतर्फ पतन हुन्दैछ” भन्ने कुरा पुष्टि भएको छ ।’
गिरफ्तार सबैलाई तत्काल बिनासर्त रिहा नगरिए जनप्रतिरोधमार्फत संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने र त्यसबाट उत्पन्न परिणामको जिम्मेवार सरकार नै हुने पनि विज्ञप्तिमा स्पष्ट पारिएको छ । ‘‘गिरफ्तार परेका कमरेडहरुलाई तुरुन्त रिहा नगरिए जनप्रतिरोधमार्फत कडा कदम चाल्न बाध्य हुने र त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी पनि सम्बन्धित पक्ष नै हुनेछ’ जारी विज्ञप्तिमा उल्लेख छ ।
गिरफ्तार श्रेष्ठलाई धरानस्थित प्रहरी हिरासतमा राखएिको छ । उनलाई यसअघि गत फागुन १५ गते पानमाराबाट गिरफ्तार नेपाल कम्युनिस्ट पार्टीका मोरङ–धनकुटा ईन्चार्ज एवं कोशी ब्यूरो सदस्य देवकुमार लिम्बू ‘संगीत’सँगको मुद्धालाई जोडेर हात हतियार तथा खरखजना अभियोगमा लगाईएको बताईएको छ । उनलाइ पनि धरानमा नै राखिएकाे छ ।
ईन्चार्ज लिम्बु गिरफ्तार परेपछि पक्राउ परेका नेकपाका नेता कार्यकर्ता सबैलाई सोहि अभियोग लगाईएको छ । श्रेष्ठलाई पनि उक्त मुद्धामा नै फसाउने सड्यन्त्र भएको भन्दै नेकपा पूर्वी कमाण्डले बिरोध गरेको हो ।
दसवर्षे जनयुद्धका बेला जनमुक्ति सेनामा काम गरेका श्रेष्ठले सोहिबेला देखि सन्चार क्षेत्रको पनि जिम्मेवारी सम्हालेका उनले तत्कालिन नेकपा माओवादीले सन्चालन गरेको भूमिगत रेडियोमा कुशलतापूर्वक जिम्मेवारी सम्हालेका थिए ।
शान्ति प्रक्रियाको दशकभर पत्रकारिता गरेर केही अघि मात्र फेरि पार्टीको जिल्ला नेतृत्व सम्हाल्न गएका श्रेष्ठ माओवादीको युवापंक्तिभित्र लोकप्रिय नेताका रुपमा चिनिन्छन् । शान्ति प्रक्रिया अघि बढेसँगै काठमाडौं आएका प्रज्वलले केही समय रेडियो नेपालको ‘घटना र विचार’ कार्यक्रममा आबद्ध भएर समेत काम गरेका थिए ।
राजधानीस्थित ‘रेडियो मिर्मिरे’ का पूर्वअध्यक्ष समेत रहेका प्रज्वल ‘रेडियो मिर्मिरे’ को स्थापनाकालदेखि नै त्यसमा निरन्तर कार्यरत थिए ।उक्त रेडियो सन्चालनको पहलकर्ता मध्ये श्रेष्ठ पनि एक हुन् ।
यस्तै दुई दिनअघि मात्रै प्रहरीले ‘रेडियो मिर्मिरे’ कै अर्का पूर्वअध्यक्ष एवं विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ ‘पुष्कर’ लाई पनि पक्राउ गरेको थियो । उनलाई पनि हातहतियार तथा खरखजना सम्बन्धी मुद्धा नै लगाईएको छ ।
फागुन २८ मा सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि ‘प्रतिबन्ध’ लगाए यता नेकपाका स्थाई समिति सदस्य हेमन्तप्रकाश ओली (सुदर्शन), पोलिटब्युरो सदस्य मोहन कार्की ‘जीवन्त’, केन्द्रीय सदस्य प्रज्वलन सहित झन्डै सय संख्यामा विभिन्न तहका नेता–कार्यकर्ताहरु पक्राउ परिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस