कर्मचारी समायोजन सम्पन्न: १ लाख ३१ कर्मचारी समायोजन


चैत १४, काठमाडौँ । सरकारले कर्मचारी समायोजन टुंगिएको घोषणा गरेको छ ।

संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै संघीय संरचना अनुरुप कर्मचारी समायोजन टुंगिएको घोषणा गरेको हो ।

राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संघ, प्रदेश र स्थानीय तहमा एक वर्ष लगाएर समायोजन टुंग्याएको बताए । कर्मचारीलाई प्रोत्साहनसहित प्रदेश र स्थानीय तहमा पठाउने काम भइरहेको मन्त्री पण्डितले जानकारी दिए । समायोजन सकिएको र पत्र दिने काम भइरहेको मन्त्री पण्डितले जानकारी दिए ।

१ लाख ३१ कर्मचारीको समायोजन भएको कर्मचारी समायोजन तथा संगठन विकास महाशाखाका प्रमुख केदार प्रसाद पनेरुले जानकारी दिए ।

कर्मचारी समायोजन गर्दा संघमा ३५, सात प्रदेशमा १६ र स्थानीय तहमा ४९ प्रतिशतका दरले समायोजन गरेको मन्त्रालयले जनाएको छ । जसअनुसार संघमा ४० हजार ७ सय ६९, प्रदेशमा १४ हजार ६ सय ५९ र स्थानीय तहमा ४० हजार ८ सय ७ कर्मचारी समायोजन गरिएको छ ।

१४ चैत्र २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको