पक्राउ परेका पत्रकार कर्ण विश्वकर्मा रिहा


चैत १४, कालिकोट । कालिकाेटकाे रेडियाे नयाँ कर्णालीकाे स्टुडियाेबाटै चैत ७ गते पक्राउ परेका पत्रकार कर्ण विक रिहा भएका छन् । उनलाइ आज बिहाज ९ बजे जिल्ला स्थित पत्रकारहरुकाे राेहाेबरमा रिहा गरिएकाे हाे ।

विककाे गिरफ्तारीबारे स्थलगत अध्ययन गर्न नेपाल पत्रकार महासंघले मिसन टाेली पठाउने भनेपछि प्रहरीले टाेली पुग्नु अघिनै पत्रकार विकलाइ रिहा गरेकाे हाे । विश्वकर्मालाई समाचार तथा लेख लेखेकाे र फेसबुकमा सेयर गरेकाे भन्दै प्रहरीले गरिरफ्तार गरेकेा थियाे ।

नेपाल पत्रकार महासंघले बिकलाई रेडियोको स्टेशनबाटै पक्राउ गरिएको सम्बन्धमा स्थलगत अध्ययन गर्न महासङ्घ प्रदेश समिति अध्यक्ष दुर्गा थापाको संयोजकत्वमा मिसन टोली पठाइएको महासचिव रमेश विष्टले जानकारी दिएका थिए ।

उनका अनुसार नेपाल बार एशोसिएशन प्रतिनिधि र मानव अधिकारकर्मी समेत संलग्न मिसन टोलीले पत्रकार विश्वकर्मा पक्राउका सम्बन्धमा स्थलगत अध्ययन गरी प्रहरी, स्थानीय प्रशासनलगायत घटनासँग जोडिएका सबै पक्षसँग छलफल गरी रिहाइको पहल गर्नुका साथै घटनाको सत्यतथ्य पत्ता लगाई प्रतिवेदन सार्वजनिक गर्नेछ ।

बिक पक्राउकाे बिराेध गर्दै यसअघि नेपाल पत्रकार महासंघ, जनपत्रकार संगठन नेपाल, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश, सामुदायीक रेडियाे प्रशारक संघ (अकाेर्याव) कर्णाली प्रदेश, जनपत्रकार संगठन कर्णाली प्रदेश, नेपाल पत्रकार महासंघ कालिकोट लगाएतका संघ-संगठनहरुले विज्ञप्ती जारी गरेका थिए ।

पत्रकार विश्वकर्मा नेपाल कम्युनिस्ट पार्टी निकट जनपत्रकार संगठनका कालिकाेट जिल्ला संयाेजक हुन् । पार्टीका समाचार तथा लेख लेखेकाे भन्दै यहि चैत्र ७ गते रेडियाेकाे स्टुडियोबाट प्रहरीले उनलाइ पक्राउ गरेको थियो ।

१४ चैत्र २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको