दीपेन्द्र कुमार क्षेत्री । केही समय अगाडि समसामयिक परिस्थिति र नेतृत्वको प्रश्न बारे कहि संक्षिप्त बिचार राखे, त्यसलाइ केहि पत्रकार साथिहरुले सार्बजनिक रुप दियर मिडियामा ल्याइदिनु भयो त्यसका केही सकारात्मक केही आलोचनात्म बहस भए । एकजना बिद्दवान पत्रकार महासयले राम्रै खण्डन गर्नुभयो ।
उहाँको विद्दता लाइ सलाम ! यद्यपि त्यसमा कुनै पुर्वाग्रह थिएन । खालि राजनीतिक नेतृत्व, मुलधारको नेतृत्वलाई स्थापित गर्ने र पार्टी एक ढिक्का बनाएर जान सहयोग पुगोस नेताहरु रणनीतिक रुपले सफल बनुन यो भन्दा अर्को बिषष थिएन ।
तर मलाइ लागेको के हो भने पत्रकार एउटा सन्तुलित व्यक्ति हो । सन्तुलित बिचार बिमर्श गर्न सक्छ तर कुनै राजनीतिक व्यक्तिको बचाउ गर्न सतिजान सक्दैन भन्ने लागेको थियो । त्यसो नभई कुनै नेताको लागि पत्रकारिता गरिँदो रहेछ, जुन बिषयले आश्चार्य बनायो ।
तिनै आफुलाइ अत्यन्तै विद्दता ठान्ने पत्रकार महासयले पुनह उत्त कुरा सेलाउन नपाउदै अर्को आपत्तिजनक स्टाटस आफ्नो निजि फेसवुकबाट जनप्रतिनिधिहरुको कुपिण्डे भेलालाइ कपोकल्पित र अतिरन्जित बनाएर बडो कलात्मक ढंगले भ्रम छर्नु भएछ । कताबाट परिचालित हुनुभयो, गरियो सायद आदेशको पालना गरेको हुनुपर्छ तर यस्तो अभिव्यक्तिले गम्भीर संका उब्जाएको छ ।
समसामयिक बिषयमा स्वस्थ र रचनात्मक कलम चलाउनु, रचनात्मक सुजाब दिनु पत्रकारको धर्म हो तर अतिरन्जित बनाउदै कपोकल्पित, धम्किपुर्ण शब्दको खेति गरेर, भ्रमपूर्ण बनावटीले कसलाई फाइदा पुग्छ पुग्दैन समयले त्यसको पनि हिसाब पक्कै गर्ला ।
जनप्रतिनिधिहरुको आयोजनामा भएको कुपिण्डे भेलामा स्थानिय सरोकारवाला निकाय र मिडिया जिल्ला मा क्रियाशिल पत्रकार सहित पर्यटन बिषयमा गहन अन्तरक्रिया भएको थियो । यस वाहेक अन्य स्वार्थ भए जनप्रतिनिधिहरु जबाफ देहि होलान तर पुर्बाह्ग्रही ढंगले मिथ्या आरोपले कसैको भलो हुँदैन ।
तपाईको अराजक र धम्कीपूर्ण भाषालाइ हेर्दा पार्टी, जनप्रतिनिधि र समग्र नेतृत्व, प्रचण्ड र ओलि भन्दा पनि माथि उठेर चुनोैति दिन खोजिएको बुझिन्छ । यसका साथै केहि प्रस्नहरु पनि उब्जिएका छन् ।
स्थानिय सरकारहरुले पर्यटन क्षेत्रको बिकाश बारे अन्तरक्रिया गर्नुलाई गुट देख्ने तपाईको दृष्टिकोणमा खोट नहोला त ? जिल्लामा क्रियाशिल पत्रकारहरु सरोकारवाला निकायहरुको उपस्थिति नदेख्नु तपाइको पुर्बाह्ग्रही सोच होइन ? कारणबस तपाईका मालिकहरु अनुपस्थित भए भन्दैमा कार्यक्रमहरु सबै गुटका कार्यक्रम हुन्छन ? गुटको औपचारिक घोषणा तपाईहरुका मालिकहरु श्रृङखलाबद्द गर्दैछन, तपाईंलाई गुटको राजनीति गर्ने खुब रहर लागेकै हो त ?
आज पार्टीका भेला प्रशिक्षणहरु ३ वटा स्थानिय तहमा सिमित भएर अलपत्र छन् । हजारौं नेता कार्यकर्ताको ब्यबस्थापन र रक्षाको चुनोैति छ । जनताले दिएको अभिमतलाई विकाश निर्माण र जिवनस्तरमा बदल्न बाँकी नै छ । नेतृत्वको बिषय टुंगो लगाउनु छ । जनबर्गिय संगठनहरुको एकता प्रक्रियालाइ टुंगो लगाउनु छ । विकेन्द्रित बिचारहरु केन्द्रित गर्नु छ । तर आज यी सबै प्रधान बिषयहरु त्यागेर, झिना मसिना बिषय उचालेर तिललाई पहाड बनाउदै, तपाई कै भाषामा ‘ठाउँ न ठहर नेप्टिको रहर’ आफै पूरा गर्दै हुनुहुन्छ ।
समस्या आजको होइन, हिजै देखिका छन् । यस्ता बिषयमा मैले प्रतिवाद गर्नु उचित होइन । बरु पार्टी भित्रका असन्तुष्टिहरु छलफल र बहसद्वारा समाधान गर्नु पर्छ, गाउँ नगरमा रोकिएका प्रशिक्षण भेला अगाडि बढाएर आपसमा प्रशिक्षित हुँदै सल्यान जिल्लाको पार्टी एकता प्रक्रियालाई सार्थक बनाउने हामी सबैको ध्यान हुन जरुरि छ ।
तर समास्याको समाधान खोज्न छलफलका लागि नैतिक साहस नजुटाएर, बोतलको आडमा सबै चिज ओकलेर समस्या समाधान कस्तो निस्कियला?
हुनत उहाँ बौद्धिक सर्कल अन्तर्गत पर्ने पत्रकार बन्दु हुनुहुन्छ । म आन्दोलनबाट लडेर आएको व्यक्ति हुँ र मैले नेतृत्वको रक्षा गर्नु कर्तब्य हो । तसर्थ मैले बोल्ने राजनीतिक भाषा ब्यबहारिक र पाच्य हुनुपर्छ । यसलाई आत्मसाथ गर्नु मेरो नैतिक जिम्मेवारी हो ।
तर कुनै पनि अतिवाद, सांगठनिक, अराजकता, बिधि पद्धतिको उल्लंघन र षड्यन्त्रहरु कम्युनिस्ट पार्टीका लागि सहज हुदैनन । सल्यानको हकमा गत निर्वाचन देखि केही गलत प्रवृति हावी हुन खोजिरहेको छ ।
तसर्थ मुलधारको नेतृत्वमा केन्द्रित भई बहस गर्न बिशेष आग्रह छ र पार्टी नेतृत्वको हित पनि यसैमा छ ।
नत्र अहिलेको प्रदेश नेतृत्वको दुरुपयोग गर्दै सांगठनिक अराजकता मच्चाउदै बिभिन्न षड्यन्त्रहरुले मुल नेतृत्वलाई नै कमजोर पार्ने कुरा कसैलाई सहिय हुनेछैन । यसप्रकारका अराजकताका बिरुद्द निर्मम भएर प्रतिवाद हुनेछ ।
स्मरणहोस्, नियोजित योजना बनाउने पत्रकार महासयको गतिविधि बिचार, अभिब्यक्ति आपत्तिजनक छन । यस्तो खण्डित बिचार र अभिव्यक्तिले पार्टीलाइ फाइदा होइन घाटा हुन्छ । यस्तो अमैत्रिपुर्ण र अस्वच्छ प्रतिस्पर्धाले प्रतिपक्षहरुलाई नै फाइदा पुग्ने छ । बेलैमा सबै सचेत हौ ।
प्रतिक्रिया दिनुहोस