रिंगटा लागेर लडेपछि ऊर्जामन्त्री वर्षमान पुन अस्पताल भर्ना


फागुन १६, काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन अस्पताल भर्ना भएका छन् ।

बिहीबार साँझ रिंगटा लागेर लडेपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको मन्त्रालय स्रोतले जनाएको छ । नर्भिक अस्पतालका चिकित्सक डा. यादव भट्टसहितको टोलिले मन्त्री पुनको उपचार गरिरहेको छ ।

मन्त्री पुनको स्वास्थ्य अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । केही बेरअघि उपचाररत मन्त्री पुनको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली नर्भिक अस्पताल पुगेका थिए ।

बेलुकी साढे ६ बजेतिर नर्भिक हस्पिटल पुगी सभामुख कृष्णबहादुर महराले पनि मन्त्री पुनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका थिए ।

मन्त्री क्वाटरमै भेटघाटमा व्यस्त रहेका मन्त्री पुन शौचालय जाँदा अकस्मात रिंगटा लागेर लडेका थिए ।

२०७५ फाल्गुन १६,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको