स्वास्थ्य नितिलाइ पछ्याउदै पचालझरना गाँउपालिका


फागुन १६, कालिकाेट । कालिकाेटकाे एक गाउँपालिकाले नेपाल सरकारकाे स्वास्थ्य नितिलाइ पछ्याउदै प्रत्यक वडामा स्वस्थ्य सेवाकाे पहुच बिस्तार गर्दै लगेकाे छ ।

पालिकामा रहेका ९ वटै वडामा स्वास्थ्य संस्थाकाे बिस्तार गरि वडा बाट नै अाधारभुत स्वास्थ्य सेवा प्रदान गर्दै अाइरहेकाे छ।

पचालझरना गाउँपालिकाकाे सबै वडामा स्वास्थ्य संस्थाकाे बिस्तार गर्ने उध्येश्य अनुरुप एक वडा एक स्वास्थ्य संस्थाकाे नीति अनुसार नै यस अा व मा ६ वटा वडामा सामुदायिक स्वास्थ्य इकाइ र ३ वटा स्वास्थ्य चाैकी संचालनमा ल्याउदै सबै वडामा स्वास्थ्य संस्थाकाे पहुच पुर्याएकाे हाे।

यसै अार्थिक वर्षमा कर्मचारिकाे ब्यवस्थापन, फर्निचर ब्यवस्थापन, अाैषधिकाे खरिद तथा ब्यवस्थापन, इकाई संचालनमा ल्याउने भवन भाडामा ब्यवस्थापन, सेवा संचालनकाे लागि केही इकुपमेन्ट अादिकाे ब्यवस्था समेत गरेकाे छ ।

गाउपालिका अध्यक्ष स्वयम् अाफै उपस्थित भएर वडा वडामा स्वास्थ्य इकाइ उद्घाटन पनि गर्दै अाएका छन । केही वडामा साामुदायिक स्वास्थ्य इकाइलाइ जग्गा समेत प्राप्त भैसकेकाे गाउपालिका अध्यक्ष खड्गराज सेजुवाल वताउछन । यस गाउपालिकाकाे स्वास्थ्य सेवा सुधारकाेलागि कुनैपनि कसुर बाकी नराख्ने उनीकाे प्रतिबद्दता समेत गर्दछन ।

गाउपालिकाकाे पहलमा राम्नाकाेट स्वास्थ्य चाैकीमा २४ सै घण्टा स्वास्थ्य सेवा दिने संस्थाकाे रुपमा ब्यवस्था गराएका छन । भने संस्थामा ल्याव परिक्षणकाे समेत ब्यवस्था मिलाएका छन । सबै संस्थाकाे लागि अावश्यक जनशक्ति ब्यवस्थापन हुनु नै यस पालिकामा सबै वडामा स्वास्थ्य सेवाकाे पहुच पुर्याउने बलियाे अाधार भएकन स्वास्थ्य संयाेजक चन्द्रेश्वर यादव बताउछन ।

यसै गाउपालिकामा स्वास्थ्य सेवालाइ सुधार गर्ने उध्येश्य राखेर नेपाल रेडक्रस साेसाइटीले स्वास्थ्यकालागि सामुदायिक सहकार्य परियाेजना संचालनमा ल्याएकाे छ । गाउपालिका अध्यक्ष स्वास्थ्य क्षेत्र सुधारकाे लागि निती, उचित समय र बजेटकाे ब्यवस्था मिलाउनु भएकाे छ ।

पचालझरना गाउपालिकाले स्वास्थ्य सेवा सुधारकाे लागि लिएकाे लक्ष्य प्राप्तिकाे सहयाेगि नेपाल रेडक्रस साेसाइटी बन्ने र प्रत्यक्ष समुदायमा रहेर प्रतिफल देखिने गरि काम गर्ने परियाेजना जिल्ला अधिकृत टेकम वलि बताए ।

१६ फाल्गुन २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको