फागुन १६, काठमाडौँ । काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा वर्षा र हिमपात भएको छ ।
काठमाडौं उपत्यकाका आसपासका चन्द्रागिरी भक्तपुरका बालकोट, साँगा, दुवाकोट, नगरकोट ललितपुरको लेले, गाेदावारी लगायतका क्षेत्रमा हिमपात भएको छ ।
मौसम विभागले बिहिबार दिउँसोबाट पानी पर्न रोकिने जनाएको छ । लगातारको बदली तथा वर्षाका कारण देशभर चिसो बढेको छ ।
पश्चिमी वायु मध्य क्षेत्रबाट पूर्वतिर सरिरहेकाले बुधबार रातिदेखि नै काठमाण्डौसहित मध्य र पूर्वका धेरै ठाउँमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सबै तस्बिर: सामाजिक संजाल फेसबुकबाट
प्रतिक्रिया दिनुहोस