‘मन्त्री अधिकारी युवाहरुको सम्झनामा मात्र सिमित रहे’


लक्ष्मी पौडेल ‘अनुराग’ ।  ए हजुर एक्लो परानी… । बाँचुन्जेल राम राम छ भन्दिनु… ए हजुर मरे खरानी… यस्तै गित बजाउदै निदाएँ हिजोपख्ख । रातिदेखि देखी पानि परिरहेको थियो । सधै ५ बजे बिउँझिने मान्छे ७:०० बजे बिउँझिए आज । र सपना सम्झिए एउटा बिहानपख्ख । सपनामा म केहि बोल्दै गर्दा कसैले धम्काएको थियो ,कति डर लाग्यो । श्याम सर र म संगै एउटै रुममा थियौ ।

आकाशमा वादल लागेको थियो । पानि परिरहेको थियो । एउटा बहस कार्यक्रम गर्नु थियो दिउसो १२:३० मा । मलाई के डर लाग्यो कतै कार्यक्रम असफल त हुने हैन ? हामि ७-२० तिर अफिस आयौँ । श्याम सरले बहसकर्ता सम्पर्क गर्न लाग्नुभो म सहभागी सम्पर्क गर्न लागेँ । डर लागिरहेको छ सपनाको बारे कसैलाई भनिन । दिन कालो छ बस मलाई यहि थाहा छ । तर के हुन्छ मलाई थाहा थिएन । श्याम सरले चिया अफर गर्नुभो तर मैले अटेर गरे , तरपनि चिया बनाएर लियौँ । त्यतिमा हाम्रो कार्यक्रम टिमको साथिहरु भरत जि र बिनोद जि आउनुभो ।

उहाहरुसंग पनि सहभागिबारे सोधेँ । मेरो जिम्मा कतै पुरा नहुने हो की ? मेरो सपना र मेरो यो शैलि ले मलाई नै प्रश्न गर्दै थियो । साथिहरुले खाना गराउन भन्नुभो मैले गराए । र उहाहरुलाई खान लगाए म भने सहभागी सम्पर्कमै लागिरहेँ । खाना त बनाएँ तर मलाई भोक लागेको पत्तै थिएन । त्यती गर्दा १२ बज्यो । कार्यक्रम साढे बाह्र बजेदेखी सुरु हुने । मैले खानै खाएको थिएन कार्यक्रम हुने होटलतर्फ लाग्यौ ।

सहभागिहरुलाई मैले सम्पर्क गराउने जिम्मा लिएको थिएँ । सहभागी भरत जिर बिनोद जि को सहयोगमा सबै कार्यक्रम स्थलमा आइपुग्नुभो । म हल भन्दा बाहिर थिएँ । फेरी त्यो सपना सम्झेँ, आकाशमा हेरेँ । कालो बादल थियो। के हुन यो सपना देखेँ त ? सोचेँ । कार्यक्रम लगभग समापन हुन लागेको थियो , ककाकता मैले सुने दुखद खबर, ‘अलविदा रविन्द्र अधिकारी’ के …..? पत्यायन ।

कार्यक्रम हुने हल र अफिस नजिकै थियो । हतार हतार अफिस अगाडि गएँ । मोबाएलमा वाइफाई खोलेँ । फेसबुक खोलेँ । त्यहि मात्रै देख्छु ‘ अलविदा रविन्द्र अधिकारी’ । अनि सम्झेँ मेरो सपना किन ? मेरो फरकपन यसैका लागि ? आकाश कालो हुनु पैनि पर्नु यसैका लागि ? पानि पनि त्यतिबेला फाटेको थियो जतिबेला मैले त्यो खवर सुनेँ । फेसबुक खोलेँ श्रद्वान्जली पोष्ट गर्न सकिन घटना भएको ४ घण्टामा लेखेँ । निशब्द भावपुर्ण श्रद्वान्जली मन्त्रीज्यु ।

हामि युवा, हामि तन्नेरी… । युवाहरु देशका निर्माता हुन भन्दै गर्दा आज दैवले दाँतमा ढुङगा लगाइदिएको छ । भनिन्छ राम्रो चिज त दैवलाइ पनि असह्य हुन्छ रे । जे चाहाना छ त्यो गर्न सक्ने मात्र युवा हुन भनेर कलम चलाउँदा चलाउँदै , सरकारका भरोसा लाग्दा युवा मन्त्री अलविदा । लाग्छ सरकारको दाइने हात भाँचियो ।

सरकारको एउटा जरा काटिएको छ । सरकार पानि कसले हाल्छ ? अनि मलाई त्यतिबेला तिनिहरुको लागि रिस उठ्यो भावुक भएँ । गल्ति गर्ने भन्दा पनि त्यसलाइ जोगाउनेको कमजोरी नचिन्ने हाम्रो देश भन्न मन लाग्यो । र यो पनि भन्न मन लाग्यो कि राम्रो नदेख्नेहरु नराम्रो किन देख्छन ? बस यति ।

युवा युवा युवा युवा युवा…. । भन्दै गर्दा आज युवा मन्त्रीलाइ श्रद्वान्जली दिनुपर्ने बाध्यता सिर्जना मेरो सपनाले गरेको छ । सपनालाइ पनि गालि गर्न मन लाग्छ । अस्ति भर्खर सम्झिएको एउटा कुराको याद आयो । ‘ अरे यार युवा मन्त्री छन हामि तन्नेरीका लागि केहि त अरिहाल्लान नि ……..। आजसम्म कहिलै कालो दिन नभनेको मान्छे म आज कालो दिन भन्न वाध्य भएँ मनमनै निशव्द कालो दिन ।

ए हजुर मलाई माफ गर्नुहोला मलाई नेकपा हो भनेर नभनिदिनुहोला । हामि यो भन्छौ गुनासो होइन प्रश्न गरौँ । राम्रोलाई राम्रो भनौँ । नराम्रोलाई नराम्रो । गलतलाई गलत भनौँ । यहि भनिरहँदा मन्त्रीज्युले गरेका राम्रा कामहरु खुले प्रसंसा गर्न मन लाग्यो । होला म स्विकार गर्छु हामिले अपेक्षा गरेअनुसार काम गरेनन होला … । तर राम्रो काम कति गरे ? अबको दिनमा के गर्थे होला । नेकपामा उनिजति सक्रिय युवानेता को थिए ?
र अन्तिममा यो भन्न मन लाग्यो । राम्रो मान्छे कहाँ रहन्छ र ? यो भनिरहँदा मदन भण्डारीलाई सम्झिन मन लाग्यो । अनि के भन्ने ? नेकपालाई जंगे पिलर ढलेको छ । जस्तो अनुभुत गर्नु रहर थियन ।

निशव्द छन जो कोहि। सपना लागिरहेछ । देशले आज आशालाग्दा खम्बा गुमाएको छ । सबै आआफ्नै क्षेत्रमा कति महत्वपुर्ण थिए सायद अब कल्पना मात्र गर्नुबाहेक कुनै बिकल्प छैन । फेसबुक रोईरहेको छ सामाजिक संजाल रोइरहेका छन मिडिया रोइरहेका छन । लाग्छ यो देश रोइरहेको छ । सारा नेपाली रोइरहेका छन । मान्छे निराश हुने चिज नै आशा मर्नु हो । आशा मर्नु भनेको के हो त्यो आज भोग्नुपरेको छ ।

सपनाहकु जलेर खरानि भएजस्तो भएको छ । हे आकाश किन कालो भएको थिइस ? सामाजिक संजाल चलाउन दिक्क लागेर आएको छ । कारण , श्रद्वान्जलीका शव्दहरु देखिन्छन अनि हुन्छ साचि या सपना कि बिपना ? कताकता अर्कै लाग्छ । न सपना न विपना फेसबुक खोल्छु । सधै पोष्ट लाइक गर्ने म आज सेड रियाक्ट गर्ने मात्र देख्छु । कसैले लेखेका छन । नेकपाले एउटा हात गुमायो । कसैले लेखेका छन देशले एउटा तारा गुमायो ……..। निशब्द भावपुर्ण श्रद्वान्जली ।

कठै मेरो देश… । आज यो दि कालो दिन युवाहरु गुमायो । तारा गुमायो । जंगे पिलर गुमायो । मन्त्री रविन्द्र मात्र हैन अरु पनि गुमायो । मुख्यमन्त्री अभिभावक बनोस भनेर पर्खिएको गण्डकी प्रदेश रोएको छ । यो देशले गुमायो । सारा नेपालिले गुमाए । मात्र सम्झनामा सिमित रहे । भावपुर्ण श्रद्वान्जली… ।

२०७५ फाल्गुन १६,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको