‘हामीसँग जनसेना छन्, अब राज्य विरुद्ध क्रान्ति हुन्छ’: नेता पुन


माघ १४, सल्यान । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चिरण पुन ‘मिलन’ले अब राज्य विरुद्ध सशक्त क्रान्ति हुने चेतावानी दिएका छन् ।

पार्टीको सुदृढिकरण तथा संगठन अभियान अन्तरगत सल्यान बनगाड कुपिण्डे नगरपालिकाको सल्लीबजारमा भएको जनसभालाई सम्बोधन गर्दै नेता पुनले राज्य विरुद्ध हुने अबको नयाँ क्रान्तिका लागि जनसेना तयारी अवस्थामा रहेको चेतावनी दिएका छन् । तर क्रान्तिका लागी आफुहरुसँग हतियार मात्रै नभएको उनले बताएका छन् ।

उनले भने– “दलाल संसदीय व्यवस्थाका विरुद्ध साथ दिन म सम्पुर्ण जनसमुदायीलाई अपिल गर्दछु ।” उनले पहिलेको सरकार पूर्ण रुपले असफल भएकाले समेत औल्याएका छन् ।

देशमा लामो समयमा हैकम चलाएको राजासँगै नेपाली काँग्रेस अहिलेकै पनि सरकारको गतिमा विलाएको भन्दै उनले अबको विकल्पमा विप्लवको नेकपा मात्रै भएको दाबी गरेका छन् ।

जनसभालाई सम्बोधन गर्ने अर्का वक्ता नेकपाका सल्यान जिल्ला इन्चार्ज डिल्लीराज शर्मा “विश्व”ले सल्यान जिल्लाका स्थानीय सरकारका जनप्रतिनिधीहरु गलत दिशामा हिडिरहेको आरोप लगाएका छन् । गाउँपालिका, नगरपालिकाका कर्मचारी देखि जनप्रतिनिधीहरुले राज्यको सम्पत्ति चरम दुरुपयोग गरेको उनले बताए । विकास निर्माणका काममा आधा काम गरेर बचाई खाने खेल समेत भएको उनको आरोप छ ।

बनगाड कुपिण्डे नगर इन्चार्ज कालुराम वादिको सभाअध्यक्षतामा भएको कार्यक्रममा दैलेख जिल्ला इन्चार्ज विवेक, बनगाड कुपिण्डे नगर सेक्रटरी शंकर वुढाथोकि लगाएतका वक्ताहरुले धारण राखेका थिए । कार्यक्रमको सञ्चालन सल्यान जिल्ला जन सत्ता प्रमुख मोहन केसीले गरेका थिए ।

यसअघि नेकपाको सुदृढिकरण तथा संगठन सिजन २ अभियानको जनसभा जिल्लाको रागेचौर, मौलाहाल्ने, फारुला, थारमारे, दमाचौर झ्याम, ढोरचौर लगाएतका स्थानमा सम्पन्न भएको छ ।

२०७५ माघ १४,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको