पुर्व माओबादी केन्द्रको सिङ्गो वडा कमिटी नेकपामा प्रवेश


माघ १४, अछाम । पुर्ब माओबादी केन्द्रका कर्ण बहादुर थापा लगायत सिंगो वडा कमिटि विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेको छ ।

नेकपाको संगठन सुदृढ तथा विस्तार अभियान –२ अछाममा तिब्र रुपमा अगाडि बढिरहेका बेला पुर्ब माओबादी केन्द्रबाट वडा अध्यक्षमा उठेका मंगलसेन नगरपालिका १३ का कर्ण बहादुर थापा लगायत सिंगो वडा कमिटि नेकपामा प्रवेश गरेको हो ।

उक्त कमिटिलाई पार्टी केन्द्रीय सदस्य तथा अभियान प्रमुख बन्दु चन्द लगाएतको अभियान टिमले स्वागत गरेको छ । यस्तै कर्ण बहादुर थापाको नेतृत्वमा सेल कमिटिसमेत गठन गरेको छ ।

पार्टी केन्द्रीय सदस्य बन्दु चन्दको नेतृत्वमा चितवन जिल्ला इन्चार्ज लाल बहादुर बिसी, कास्की जिल्ला सेक्रेटरी विवेक भण्डारी ‘आक्रोश’ लगायत ३९ जनाको अभियान टोलि गाउगाउमा पुगी व्यापक भेटघाट छलफल र विभिन्न कार्यक्रमहरु गर्दै निरन्तर रुपमा अभियानलाई तिब्रता दिईरहेका छन् ।

अभियानले पार्टी र जवस मोर्चा गठन गर्दै गैरहेको र हालसम्म २४ वटा कमिटि गठन गरिको अभियन्ता आक्रोश भण्डारीले जानकारी दिएका छन् ।

मंगलसेन नगरपालिका १ कुन्तीबाट सुरु भएको अभियान मंगलसेन १३ हुँदै आज ढकारी गाउँपलिका २ हिच्मा पुगेको छ ।

२०७५ माघ १४,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको